काठमाडौं : सर्लाहीका नेता राजेन्द्र महतोले नयाँ पार्टी घोषणा गरेका छन्।
आज मंगलबार काठमाडौँमा राष्ट्रिय मुक्ति क्रान्तिको विस्तारित बैठकबाट महतोले नयाँ राजनीतिक दल घोषणा गरेका हुन्।
कात्तिकको पहिलो सातामा निर्वाचन आयोगमा पार्टी दर्ता गराउने गरी प्रक्रिया अघि बढाउनेगरी पार्टी घोषणा गरिएको उनले बताए।
उनले पार्टीको नाम राष्ट्रिय मुक्ति क्रान्ति नेपाल रहने र पार्टीको विस्तारित बैठकबाट आफैंलाई पार्टी अध्यक्ष घोषणा गर्ने निर्णय गरेका हुन्।
पटक पटक दल खोल्दै त्यसबाट अलग्गिँदै आएका महतोले लोकतान्त्रिक समाजवादी पार्टी, नेपालबाट अलग भएको करिब ८ महिनापछि नयाँ दलको घोषणा गरेका हुन्।
उनी गत संघीय निर्वाचनमा सर्लाही क्षेत्र नम्बर २ मा महिन्द्र रायसँग पराजित भएका थिए।