आजको राशिफल : मेषको स्वास्थ्य कमजोर, तुलालाई पैसा कमाउने योग

२०८१ साल कात्तिक ३० गते शुक्रबारको राशिफल :

मेष- अल्छीले सताउला। शरीरमा रोग लाग्‍नाले धनको पनि क्षति होला। पेटको खराबीले स्वास्थ्य कमजोर बन्‍नुका साथै काममा ढिलासुस्ती हुन सक्छ, खानपानमा बिचार पुर्‍याउनु होला। केही बाध्यात्मक परिस्थितिसँग सम्झौता गर्नुपर्ला।

वृष- परिश्रमअनुसार उपलब्धि राम्रै पाइएला। रोकिएका काम फेरि शुरु हुन सक्छन्। घरमा पाहुनाले सताउलान्। तपाईंको बुद्घिको सही प्रयोग भई चिताएका काममा सफलता पाइने योग छ। अन्‍नको लाभ पनि होला। परिवारजनका आकांक्षा पूरा गर्न सकिनेछ। आज कसैबाट समर्थन एवम धन पाइने दिन छ।

मिथुन- आज चिताएको काममा सफलता पाइनेछ। धन लाभ पनि हुने दिन छ। कसैबाट समर्थन पाइएला। पुराना साथीसँगको भेटघाटले मन रमाउने छ। आज तपाईंलाई अनौठो तरिकाबाट धनलाभ हुन सक्छ। परिवारबाट सुखको अनुभूति पनि मिल्ला।

कर्कट- शरीरमा सामान्य रोगले सताउला। सामाजिक सम्मान पाउने समय छ। यात्राको पनि योग छ। आज रमाइलो यात्राको योग छ। हाँसखेल, भ्रमण र मनोरञ्‍जनका क्रममा दिन बित्‍नेछ। रमणीय र सुखद यात्राको योग छ।

सिंह- आर्थिक पक्ष खासै राम्रो छैन। नसोचेको अनि बेकामको क्षेत्रमा पैसा खर्च हुनेछ, सावधान रहनु होला। सामान्य रोगले सताउला। भौतिक सरसामान पनि क्षति हुने दिन छ। आर्थिक अभाव देखा पर्न सक्छ।

कन्या- बिहानीपख सुखको अनुभूति होला, बेलुकी काम गर्न मन नलाग्‍न पनि सक्छ। बन्दैन भनेको काम पनि तपाईंको अथक प्रयासमा बन्‍ने दिन छ। आफन्तको सहयोग पनि प्राप्त हुने दिन छ। नसोचेका आफन्तसँग भेटघाट हुनाले मन प्रफुल्ल रहने छ। सोचेअनुसार काम सम्पन्‍न हुने छैन।

तुला- आज पैसा कमाउने योग छ। नचिताएको ठाउँबाट आम्दानी हुने दिन छ। आम्दानीका प्रशस्तै बाटा खुल्ने छन्। व्यापार व्यवसायमा राम्रै आम्दानी हुने दिन छ। आवश्यक र उपलब्धीमूलक रमाइलो यात्रा हुन सक्छ। सकारात्मक र व्यावहारिक सोचको विकास हुनेछ।

वृश्‍चिक- कुनै नयाँ कामको थालनी गर्नु भए राम्रो हुनेछ। परिवारमा आर्थिक समस्याले पनि सताउने छ। काम गर्न जाँगर आउनाले धन लाभ होला। सन्तान पक्षबाट सुखको अनुभूति हुनेछ। नयाँ कामसम्बन्धी योजना बनाउँदा फाइदा हुन सक्छ। व्यापार व्यवसायबाट पनि लाभ मिल्ने देखिन्छ।

धनु- आज अनावश्यक डर लाग्‍न सक्छ। कसैसँग हल्का मनमुटाव पनि होला। विचार र चिन्ता बढ्ने तथा समयमा निर्णय नहुँदा काममा अवरोध आउने योग छ। स्वास्थ्यमा अचानक गडबडी हुने र चोटपटकको पनि भय रहने छ।

मकर- आज कसैबाट आदर पाउने दिन छ। जागिरमा भने खासै मन नजाला। धनमान पाउने योग छ। नोकरी तथा राजनीतिमा आफ्नो वर्चस्व बढाउन सकिने छ। विशिष्‍ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ। अरूलाई प्रभावित पारेर काम बनाउने समय छ।

कुम्भ- आज सोचेका काम पूरा भई सुखको अनुभूति हुने दिन छ। आर्थिक कारोबार राम्रै रहला। परिवारजनको साथले नयाँ आशा पलाउने छ। दाम्पत्य जीवन सुखमा रमाउने समय छ। परोपकार र धार्मिक क्षेत्रमा लगानी गरेमा राम्रो प्रतिफल प्राप्त हुनेछ। कृषिकार्यबाट पनि फाइदा लिन सकिने छ।

मीन- नसोचेको ठाउँबाट आकस्मिक लाभ हुन सक्छ। परिवारमा भने सामान्य विवाद होला। आकस्मिक निम्तोमा सहभागी हुने सम्भावना देखिन्छ। आहारविहारमा विशेष सतर्क रहनु राम्रो हुनेछ। विभिन्‍न उपहार पाइनुका साथै आयआर्जन पनि राम्रै हुनेछ। अतिथिका रूपमा सम्मान पाइने समय छ।

सम्बन्धित समाचार

सबै