आजको राशिफल : मेषलाई मुद्दामामिलाबाट मुक्ति मिल्ने, कर्कटलाई जोर्नीको समस्याले सताउने

२०८१ साल मंसिर १६ गते आइतबारको राशिफल :

मेष- खराब व्यक्तित्वको विश्‍वासमा पर्नाले काममा धोका पाइनेछ। आफ्नै कमजोरीले परिवारजनमा असन्तुष्‍टि बढ्न सक्छ। स्वास्थ्य सबल बन्‍नेछ भने विभिन्‍न अवसरले पछ्याउन सक्छन्। मुद्दामामिला तथा कामका विविध झमेलाहरूबाट मुक्ति मिल्नेछ। प्रयत्‍न गर्दा अप्ठ्यारा काम सजिलै सम्पादन हुनेछन्। पराक्रम बढ्नेछ भने प्रशस्त धन लाभ पनि हुन सक्छ।

वृष- समयमा निर्णय लिन नसक्दा हातमा आएको अवसर गुम्‍न सक्छ। मान-सम्मानमा चोट पुग्‍ने सम्भावना छ, सचेत रहनुहोला। आज रोकिएका काम बनी नयाँ काम शुरु हुनेछन्। व्यापारमा पनि फाइदा हुनेछ। दिन सामान्य नै छ। बहुमूल्य धातु संग्रह गरिएला। सामाजिक प्रतिष्‍ठा पाइनेछ। शत्रु परास्त हुनेछन्। प्रेम र मित्रताको बन्धन कसिने समय छ।

मिथुन- अन्धविश्‍वासको भरमा काम गर्नाले दुःख पाइनेछ। धार्मिक काममा बाधा सिर्जना हुन सक्छ। मिहिनेतले जीवनशैलीमा परिवर्तन ल्याउनेछ। तर, परिवारजनमा केही असमझदारी बढ्न सक्छ। राजनीतिक पहुँच बढ्नेछ। तर पनि, भूमिलगायत स्थायी सम्पत्तिको विषयमा केही विवाद निस्कन सक्छ।

कर्कट- राष्‍ट्रियस्तरको मानसम्मान प्राप्त हुन सक्छ। प्रतिष्‍ठित व्यक्तित्वसँग भेटघाट हुनेछ। मंगलमय काम सम्पादन हुनेछ। काममा आफन्तको सहयोग जुट्न सक्छ। ढाड वा जोर्नीको समस्याले सताउन सक्छ। आम्दानी बढ्नाले उत्साह थपिनेछ। आफ्नै कमजोरीले हातमा आएको अवसर गुम्‍न सक्छ। खराब व्यक्तित्वको संगतले मान-सम्मानमा चोट पुग्‍ने सम्भावना छ।

सिंह- परिवारजनको सहयोगले उत्साह बढाउनेछ। स्वास्थ्यका लागि भारी खानपानमा सजग रहनुहोला। सुखद समाचारले काममा उत्साह जगाउनेछ। प्रतिस्पर्धीहरूलाई पछि पार्न सकिनेछ। आत्मीयजनसँग भेटघाट हुनेछ। व्यवसाय र उद्योगधन्दामा राम्रो फाइदा मिल्नेछ। पढाइ, लेखन, संगीत र कलामा रुचि बढ्नुका साथै प्रतिभाको उचित कदर हुनेछ।

कन्या- अनुसन्धानात्मक अध्ययन गर्नेहरूलाई फाइदाको दिन छ। टाढाको यात्राबाट धनलाभ हुन सक्छ। प्रेम र मित्रताको बन्धन कसिने समय छ। व्यापार-व्यवसायमा राम्रै फाइदा हुनेछ। इष्‍टमित्र वा बन्धुबान्धवको सहयोग प्राप्त होला। भूमिबाट प्रशस्त फाइदा मिल्नेछ।

तुला- सरकारी निकायबाट हुने कडिकडाउको शिकार भइएला। दण्ड-जरिवानाको पनि सम्भावना छ। पति-पत्‍नीबीच असमझदारी बढ्ने सम्भावना छ। शिर तथा पेटको समस्याले सताउन सक्छ। चिताएको काममा ढिलासुस्ती हुनेछ। अस्वस्थताले राजनीतिक तथा सामाजिक प्रभाव कमजोर बन्‍ने देखिन्छ।

वृश्‍चिक- व्यापार-व्यवसायमा लगानी बढाउने समय छ। आफन्त, परिवारजनमा आत्मीयभाव बढ्नेछ। जीवनसाथीलाई केही पीडा हुने ग्रहयोग छ। स्वास्थ्यबाधा र रोगको पहिचान हुन कठिन हुने समस्या देखिन्छ।

धनु- आज व्यापारबाट प्रशस्त धनलाभ हुनेछ। भौतिक साधनहरू जुट्नेछन्। कृषिउपज र पशुधनबाट पनि राम्रै फाइदा हुनेछ। लामो समयदेखि रोकिएका काम सम्पादन गर्ने समय छ। नयाँ उद्योग वा विशेष काम शुरु गर्ने मौका छ। राजनीतिक पहुँच बढ्नेछ। कुनै नयाँ काम प्रारम्भ हुन सक्छ। आर्थिक समस्या पनि समाधान हुनेछ।

मकर- रमाइलो भ्रमण गर्ने अवसर प्राप्त होला। तर, घर-जग्गा तथा बन्धुबान्धवसँग असमझदारी बढ्ने योग छ। पठनपाठनमा राम्रो उन्‍नति हुनेछ। सन्तान वा अनुयायीले पनि प्रशन्‍नता दिलाउनेछन्। टाढाको यात्राको सम्भावना पनि छ। विभिन्‍न अवसरले पछ्याउनेछन्। मुद्दामामिला वा कामका विविध झमेलाहरूबाट पनि केही समयलाई मुक्ति मिल्नेछ।

कुम्भ- काममा बाधा हुन सक्छ। प्रतिस्पर्धीहरूले आफ्नो ठाउँ ओगट्न सक्छन्। साथै पुरानो रोगले पुनः दुःख दिन सक्छ। घरखर्च बढ्नुका साथै व्यापारमा केही मन्दी आउने देखिन्छ। घरेलु समस्याले महत्त्वपूर्ण काममा बाधा पुग्‍न सक्छ। घर-जग्गा वा स्थायी सम्पत्तिमा विवाद आउन सक्छ। तापनि, प्रतिष्‍ठित व्यक्तित्वसँग मित्रता बढ्नेछ। स्वास्थ्यमा समस्या पनि आउन सक्छ।

मीन- चोटपटक वा हाडजोर्नीमा समस्या आउने देखिएकाले सवारीसाधन वा हातहतियार उपयोग गर्दा सावधानी अपनाउनुहोला। आर्थिक समस्या समाधान हुनेछ। पारिवारिक सम्बन्ध अलि कमजोर बन्‍न सक्छ।

सम्बन्धित समाचार

सबै