लालबन्दी : सर्लाहीमा नम्बर नखुलेको गाडीले मोटरसाइकललाई ठक्कर दिँदा एक युवकको मृत्यु भएको छ।
ईश्वरपुर नगरपालिका-१२ स्थित सडकमा हाल नम्बरको नखुलेको गाडीले ज.२ प. ७९९२ नम्बरको मोटरसाइकललाई शुक्रबार साँझ ठक्कर दिँदा मोटरसाइकलका चालक महोत्तरीको औरही नगरपालिका-५ श्रीपुर बस्ने २३ वर्षीय दिलिप मुखियाको मृत्यु भएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको नगर अस्पताल लालबन्दी हुँदै प्रादेशिक अस्पताल मलंगवामा थप उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जानकारी दिएको छ।
सोही दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार एक जनाको त्रिदेव अस्पताल लालबन्दी-१७ (रानिगञ्ज) मा उपचार भइरहेको छ।
ठक्कर दिएर फरार भएको सवारीको तिब्र रुपमा खोजी भईरहेको प्रहरीले जनाएको छ।
मृतक मुखियाले रानिगन्जमा वर्कशप सन्चालन गर्दै आइरहेका थिए।