एनपीएल फाइनलपछि मैदान बाहिर सर्लाहीका युवकलाई कुट्ने दुई जना पक्राउ

गोडैता : एनपीएल क्रिकेटको फाइनल खेलपछि अभद्र व्यवहार गरेको आरोपमा दुई जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा डोटीको आदर्श गाउँपालिका-२ घर भई कीर्तिपुर बस्ने २१ वर्षिय अशोक साउद र सोही जिल्लाकै दिपायल सिलगढी नगरपालिका-१ का १९ वर्षिय गणेश साउद छन्।

त्रिभुवन विश्वविद्यालयको गेट नजिकै एउटा समूहले सर्लाहीको बलरा घर भएका अमनकुमार सिंहलाई कुटपिट गरेको थियो। कुटपिटमा संलग्न रहेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

उनीहरुमाथि अपमानजनक शब्द प्रयोग गरेको र साम्प्रदायिक सद्भभाव बिगार्न खोजेको आरोप समेत लगाइएको छ । पक्राउ परेकालाई प्रहरीवृत्त कीर्तिपुरमा राखेर अनुसन्धान अघि बढाइएको छ।

घटनामा संलग्न अन्य व्यक्तिको खोजी जारी रहेको काठमाडौं प्रहरीले विज्ञप्तिमार्फत जनाएको छ।

सम्बन्धित समाचार

सबै