आजको राशिफल : मेषको स्वास्थ्यमा समस्या, कर्कटलाई महिला वर्गबाट बिशेष सहयोग मिल्ने

२०८१ साल माघ ०१ गते मंगलबारको राशिफल :

मेष : स्वास्थ्यमा समस्या आउँदा शरीर भारी र मन अस्थिर रहन सक्छ। प्रेम/प्रेमिका बीच मतभेद बढ्ला। मनमा चञ्चलता बढ्नेछ। साँझमा शुभ समाचार सुन्नमा आउला। प्राविधिक कामबाट लाभ मिल्नेछ।

वृष : अरूलाई प्रभावित पारेर काम बन्नेछ। चलाखीपूर्ण बोलीले सङ्कल्पसिद्ध हुनेछ। आयआर्जनको क्षेत्रमा सुधार आउनेछ। स्वादिष्ट भोजनको आनन्द पाइएला। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ।

मिथुन : मङ्गल र शुभ कार्यमा सरिक भइनेछ। लगनशीलताले कामहरू अगाडि बढ्नेछन्। यात्रा गर्दा दु:ख पाइन सक्छ। नजिकका व्यक्तिको सहयोगबाट कार्य पूरा हुनेछ। प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ।

कर्कट : मठमन्दिरको भ्रमणले काम सम्पन्न गर्न थप ऊर्जा प्रदान गर्नेछ। महिला वर्गबाट विशेष सहयोग मिल्नेछ। कूटनीतिक नियोगको सहयोग मिल्ला। वैदेशिक कार्य अघि बढ्नेछ। आदर्श व्यक्तिसँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ।

सिंह : मनमा दुबिधा उत्पन्न हुनेछ। अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला। अरूको मुख नहेरी सही निर्णय लिन सके अवसरहरू प्राप्त होलान्। प्रशंसकहरूले पनि आलोचना गर्न सक्छन्। कसैले मानसम्मानमा आघात पार्न सक्छ।

कन्या : शुभ समाचार सुन्न पाइएला। कला र गलाको प्रभाव बढ्नेछ। मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ। वैदेशिक कार्य अघि बढ्नेछ। धार्मिक र शुभ कार्यमा संलग्न हुनु पर्नेछ। न्यायिक कार्यमा सफलता मिल्नेछ। विशिष्ट व्यक्तित्वसँग भेटघाट हुनेछ।

तुला : धनार्जनका नयाँ स्रोत पत्ता लाग्नेछन्। कला र गलाको प्रभाव बढ्नेछ। विशिष्ट व्यक्तिबाट हौसला प्राप्त हुनेछ। सामाजिक र धार्मिक कार्यमा रुचि बढ्नेछ। प्रेमी वा विश्वास गरेकाले साथ दिनेछन्। रोमाञ्चक यात्रा पनि होला।

वृश्चिक : न्यायिक कार्यमा सफलता मिल्नेछ। आँटे र ताकेको कार्य पूरा होला। आफन्तको प्रगतिमा मन रमाउनेछ। वस्त्र एवं अलंकार प्राप्ति हुनेछ। कृषि तथा पशुपालनमा त्यति लाभ नभए पनि व्यापारमा प्रशस्त फाइदा हुनेछ।

धनु : स्वास्थ्यसम्बन्धी चिन्ता बढ्नेछ। सुन्दरतामा धन खर्च हुनेछ। रातो रङको पहिरनले चुनौतीबाट मुक्त हुन सहयोग पुर्‍याउनेछ। आत्मबल बढाएर काम गर्नु होला।

मकर : घरमा अतिथिको आगमन हुनेछ। बोलीको भरमा कार्य सम्पादन हुनेछ। आफन्तको प्रगतिमा मन रमाउनेछ। शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ। नयाँ वस्त्र, अलङ्कारको प्राप्ति हुनेछ। मध्य दिनमा धनमाल हराउने योग भएकाले सजग रहनुहोला।

कुम्भ : रमणीय र सुखद यात्राको योग छ। मनमा हर्ष, उमङ्ग र उत्साह छाउला। अग्रजहरूको सुझावअनुसार अवसर पहिल्याउन सकिनेछ। ठूला व्यक्तिसँगको भेटघाटले मन प्रसन्न हुनेछ। मध्यान्हमा भने बोलीको विपरीत अर्थ लाग्न सक्छ।

मीन : श्रमदानमा जुटिएला। कुनै कुराले मनमा शान्ति छाउनेछ। प्रेममा सफलता प्राप्त हुनेछ। शुभकार्यको चर्चा चल्नेछ। मन पर्ने वस्त्र, अलंकार आदि उपहार पाइनेछ। स्वादिष्ट भोजनको आनन्द समेत पाइएला।

सम्बन्धित समाचार

सबै