२०८१ साल माघ ०४ गते शुक्रबारको राशिफल :
मेष : कार्यसिद्धिको योग छ। सांस्कृतिक सभासमारोहमा सरिक हुने सम्भावना छ। कुनै न कुनै कुराले मनमा शान्ति छाउनेछ। मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ। प्रणय प्रसङ्गका लागि समय श्रेष्ठ छ।
वृष : जिद्दीपनाले गर्दा काम बिग्रन सक्छ। शत्रु पक्ष हाबी हुन सक्छन्। सरकारी निकायको भय रहला। उमङ्ग र उत्साहमा कमी आउनेछ। घरायसी वातावरणमा केही असामञ्जस्य देखिन सक्छ।
मिथुन : आफन्तको साथ र सहयोग मिल्नेछ। साथीभाइसँगको भेटघाटले मन प्रफुल्ल रहला। नयाँ कामको अवसर र शुभकार्यको चर्चा चल्नेछ। सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ। प्राविधिक र वैदेशिक कार्य अघि बढ्नेछ।
कर्कट : नयाँ कार्य वा रोजगारीको अवसर मिल्नेछ। रोकिएका काम पुनः सुरु हुन सक्छन्। लाभदायक यात्राको सम्भावनालाई नकार्न सकिँदैन। सहयोगी हातहरू अघि बढ्नेछन्। नयाँ काममा हात हाल्ने समय छ।
सिंह : बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको काम सम्पादन हुनेछ। अधुरा काम पूरा हुनेछन्। अनावश्यक खर्चबाट बच्न सकिनेछ। कार्य सम्पादनमा सहजता मिल्नेछ। समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ।
कन्या : महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला। सुन्दरतामा धन खर्च हुनेछ। व्यस्तता बढ्नुका साथै सामान हराउन सक्छ। प्रेमी/प्रेमिकाबीच खिन्नता बढ्ला। विगतका गलत निर्णयले काममा चुनौती र झमेला आउने देखिन्छ।
तुला : अधुरो र आँटेको कार्य पूरा होला। धनार्जनका नयाँ स्रोत पत्ता लाग्नेछन्। एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ। श्रमको उचित मूल्याङ्कन हुनेछ। नयाँ कार्यको अवसर मिल्नेछ।
वृश्चिक : लाभ र हानि बराबर हुनेछ। मनोरञ्जनमा सहभागी भइएला। स्वादिष्ट परिकारको अवसर मिल्नेछ। सजिलै अरूको मन जित्न सकिनेछ। पारिवारिक साथ, सहयोग र समर्थन मिल्नेछ।
धनु : दबाब र तनाव बढेको महसुस हुनेछ। ताकेअनुरूप काम नबन्नाले दिक्क लाग्नेछ। व्यवसायमा नोक्सानी बेहोर्नु पर्नेछ। साँझमा भने आदर्श व्यक्तिको सहकार्यले नयाँ अनुभव मिल्नेछ।
मकर : आत्मबलमा कमी आउनेछ। चोटपटकको भय छ, सचेत रहनुहोला। अध्ययन तथा अध्यापनमा समय बढी नै लगानी गर्नुपर्ने देखिन्छ। बुद्धिले काम नगर्न सक्छ, अत: सचेत रहनु होला। व्यवसायमा नोक्सानी होला।
कुम्भ : शुभकार्यको चर्चा चल्ने र सरुवा बढुवाको योग छ। रोकिएका काम पुनः सुरु हुन सक्छन्। हर्ष र प्रसन्नतामा समय व्यतीत हुनेछ। प्रेम र मित्रताको बन्धन कसिने बेला छ। सहयोगी हातहरू अघि बढ्नेछन्।
मीन : सबैले तपाईँको काममा सहयोग गर्नेछन्। नयाँ काम वा रोजगारी पाइनेछ। माया प्रेममा आत्मीयताको बढोत्तरी हुनेछ। प्राविधिक काममा सफलता मिल्नेछ। नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ। मिष्ठान्न भोजनको अवसर छ।