बर्दिबास : महोत्तरीमा एक युवकको शव फेला परेको छ।
सोनमा गाउँपालिका वडा नम्बर २ बस्ती छेउमा अर्धनग्न अवस्थामा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।
उक्त शव स्थानीय पूर्वगाविस अध्यक्ष गोकुल यादवका २९ वर्षीय छोरा ज्ञानेन्द्र भनिने ज्ञानु यादव रहेका पुष्टि भएको छ।
जिल्ला प्रहरी कार्यालयका अनुसार आज बिहान शव भेटिएको हो। शवको प्रकृति हेर्दा हत्याको आशंका गरिएको र घटनास्थलमा तालिमप्राप्त कुकुर टोली ल्याएर अनुसन्धान भइरहेको छ।