दोलखा : दोलखाको कालिञ्चोक गाउँपालिकामा एक नाबालकको पेट्रोल सेवनबाट मृत्यु भएको छ।
सुन्द्रावती निवासी मुरारी सेढाईका २१ महिने छोरा सक्षमको मृत्यु भएको हो। बुधबार बिहान करिब १० बजे घरमा राखेको पेट्रोल बालकले सेवन गरेका थिए।
बाबु मुरारीले बाइकमा पेट्रोल हालेर पाइपसहित कोठामा राखेको पेट्रोल बालकले सेवन गरेको परिवारले जनाएको छ।
पेट्रोल सेवनबाट बेहोस भएका बालकको उपचारका क्रममा धुलिखेल अस्पताल, दोलखामा मृत्यु भएको प्रहरीले जनाएको छ।