बारामा एक हप्तादेखि मामाघरबाट तीन वर्षीय बालक बेपत्ता

वीरगन्ज : बाराको सिमरास्थित मामाघर आएका तीन वर्षीय बालक एक हप्तादेखि बेपत्ता भएका छन्।

जितपुर सिमरा उपमहानगरपालिका–७ रन्जित जैसवालको घर अगाडिबाट तीन वर्षीय बालक बेपत्ता भएको बारा प्रहरीले जनाएको छ। बेपत्ता हुनेमा रौतहटको दुर्गा भवानी गाउँपालिका–१ रितेश चौधरीका तीन वर्षीय छोरा हन्स चौधरी रहेको बारा प्रहरीले जनाएको छ।

उनी यही १७ गते मामा जैसवालको घर अगाडिबाट खेल्नेक्रममा बेपत्ता भएको बारा प्रहरी प्रवक्ता प्रकाश सापकोटाले बताए।

रातो कलरको हुड र ब्लु रङ्गको पाइन्ट लगाएको अवस्थामा उनी सम्पर्कविहीन भएको बारा प्रहरीले जानकारी दिएको छ। बेपत्ता बालकको  खोजीकार्य भइरहेको प्रहरी भनाइ छ।

सम्बन्धित समाचार

सबै