सर्लाही : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ।
आज (मंगलबार) देखि लागू हुने गरी निगमले पेट्रोल प्रतिलिटर ३ रुपैयाँ र डिजेल तथा मट्टितेल १० रुपैयाँ घटाउने निर्णय गरेको हो।
मूल्य घटेसँगै अब डिजेल र मटीतेलको खुद्रा मूल्य प्रतिलिटर १६५ रुपैयाँ कायम भएको छ। यसअघि डिजेल र मट्टीतेलको खुद्रा मूल्य १७५ रुपैयाँ लिटर थियो।
यस्तै, हवाई इन्धन आन्तरिक र बाह्यतर्फ पनि औसत लिटरमा १० रुपैयाँले मूल्य घटेको छ। यस्तै पेट्रोलको मूल्य लिटरमा ३ रुपैयाँले घटाएर १७५ रुपैयाँ कायम गरिएको छ।
खाना पकाउने ग्याँसको मूल्य भने प्रतिसिलिण्डर १८ सय रुपैयाँमै यथावत राखिएको छ। यसअघि भारतीय आयल कर्पोरेसन (आईओसी) ले निगमलाई इन्धनको मूल्य घटाएर नयाँ सूची पठाएको थियो।