फुल्छन् लालिगुराँस भीरहरुमा नव वर्षका खोजिमा

20

फुल्छन् लालिगुराँस भीरहरुमा नव् वर्षका खोजिमा
जामुन् लिच्ची र आँप किम्बु कटहर् झुल्की नयाँ वर्षमा।
मौरीले महपार्छ जागी बेसरी उस्ले यही याममा
पालुवा हरिया उदाइ वनमा खोजछन् नयाँ वर्ष याँ।।
।।१।।
राजा दालको दाल पाक्छ यो रहर् यै वर्ष प्रारम्भमा
मुसुरो अथवा चना,गहुँ सबै पाकिदिए बारीमा ।
शुक्लैपक्षमा पर्छ चाड यो नयाँ वदी हटाइ कन
सुदीका दिनमा सनातनजीको धर्मै समाइ कन।।
।।२।।
आयो वर्ष नयाँ घुमी जगतमा छ हर्षले गद्गद
रम्छन् पञ्छी पनि कुहूँकुहूँ गरि सानन्दमा पल्पल।।
बग्छन् कंचन पानी सब् नदीमहाँ मैलो हटाइ कन
आकाश् कंचन हुन्छ वर्ष यो नयाँ हेरेर खुशी हुन।।
।।३।।
खोज्छन् देशविदेशमा युवकले राम्रो नयाँ वर्ष यो
जेठो गौरवदेखि दङ्ग परदै वि.सं. चिनारी चिन्यो।।
छाओस् मङ्गल प्राणीका हृदयमा गर्छु यही कामना
मेरो वर्ष नयाँ बनोस सबको हर्षासुको चाहना।
।।४।।