२०८१ साल चैत १५ गते शुक्रबारको राशिफल :
मेष- व्यापार व्यवशायमा उन्नति हुनेछ। आत्मविश्वास र पराक्रममा वृद्धि भई धनलाभ हुने दिन छ। आँटे-गरेको कार्यमा सफलता मिल्ने छ। मन हर्षित हुनेछ। सोचेभन्दा बढी नै लाभ हुनेछ। निर्माण तथा व्यावहारिक क्षेत्रमा मन लाग्नेछ।
वृष- आर्थिक काम बन्नेछ। यात्राको योग छ। घरायसी समस्याले सताए पनि गरेका काम सफल हुनाले मन सन्तुष्ट रहने छ। रोकिएको काम सानो प्रयासमै बन्नेछ।
मिथुन- व्यक्तिगत काममा समय र धन खर्च हुनेछ। काममा विघ्नबाधा उपस्थित हुन सक्छन्। काममा ढिलासुस्ती आउनुका साथै आर्थिक हानी हुन सक्छ। भौतिक साधनको पनि क्षति होला। अहिलेको समस्या तत्काल समाधान नहुन सक्छ।
कर्कट- नयाँ काममा मन जानाले गरिरहेको काम ओझेलमा पर्ला। तपाईंले अरूलाई गर्नु भएको बाचा पूरा हुने दिन छ। काममै समय बिताए मन खुशी रहला। अपेक्षाकृत फाइदा हुने छैन। टाढिएका आफन्तको यादले पिरोल्नेछ। समयको भने बचत गर्नु होला।
सिंह- आयआर्जनमा राम्रो दिन छ। नयाँ काम शुरु गर्ने समय छ। व्यापारमा राम्रै धनलाभ हुनेछ। नउठ्ने पैसा पनि उठ्ने दिन छ। लामो समयदेखि रोकिएका काम बन्नेछन्। आम्दानीमा कमी हुने छैन। नसोचेको ठाउँबाट धन आउने दिन छ।
कन्या- आज गरेको लगानीले राम्रो प्रतिफल दिनेछ। सामाजिक क्षेत्रमा बढी मन जाने देखिन्छ। साथीभाइले काममा सहयोग जुटाउनेछन्। रचनात्मक काममा जुट्ने समय छ। सामान्यतया दिन एकदम राम्रो छ। साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्नेछ। मन फुरुंग हुने समय छ। धन लाभ हुनेछ।
तुला- हातहतियारबाट जोगिनुपर्ने दिन छ। अनावश्यक वादविवादमा परिएला। विचारलाई तौलेर मात्र व्यक्त गर्नु बुद्धिमानी हुनेछ। कडा प्रयास गरे पनि सफलता हात लाग्ने बेलामा वादविवाद हुन सक्छ। काममा आलस्य जाग्ने र खर्चको मात्रा बढ्ने देखिन्छ।
वृश्चिक- काममा मन नजानाले कामहरू अधुरै रहने सम्भावना छ। मान-सम्मानमा आघात पर्ने देखिन्छ। नयाँ कामको शुरुवात खासै राम्रो छैन। कार्यमा हैरानी बढ्न सक्छ। जागिरमा पनि समस्या हुने दिन छ। श्रमको उचित मूल्यांकन हुनेछ। काममा ढिलाइ भई सोचेको काम नबन्न सक्छ।
धनु- चल-अचल सम्पत्तिको कारोबार हुन सक्छ। वैवाहिक जीवन सुखी हुने खालको दिन छ। सामाजिक काममा नेतृत्वदायी भूमिकामा खटिनुपर्नेछ। मान प्रतिष्ठा प्राप्त हुनेछ। पारिवारिक आवश्यकता पूर्ति होला। घरपरिवारमा राम्रो सम्बन्ध बन्नेछ। दिन मनोरञ्जनका साथ बित्नेछ।
मकर- पे्रममा सुखद मिलनको अनुभव गर्न सक्नु हुनेछ। प्रयत्न गर्दा व्यावसायिक काममा सामान्य फाइदा उठाउन सकिनेछ। परिवारबाट टाढा बस्नुपर्नेछ। साहित्यिक कार्यमा मन जाने छ। टाढाको यात्राबाट धन लाभ होला। आम्दानीको स्रोत बढ्नेछ। वाहन, चौपायाको कामबाट फाइदा हुने देखिन्छ।
कुम्भ- स्वास्थ्यले साथ नदिन सक्छ। यात्राका क्रममा होश राख्नु राम्रो हुनेछ। पीडा दिनेहरू सक्रिय रहन सक्छन्। रुघाखोकिले पनि सताउला। स्वास्थ्य कमजोर रहनाले काम गर्न नसकिएला। नसोचेको ठाउँमा धन नाश हुने दिन छ।
मीन- कामहरू आज सजिलै बन्नेछन्। आर्थिक लाभ मिल्ने खालको समय छ। कसैबाट समर्थन पनि पाइएला। बुद्धिविवेकले राम्रो काम गर्नेछ। अनायासै ठीक निर्णय हुनेछ। पितृधनको उपयोगबाट विशेष फाइदा होला। अधुरा काम सम्पन्न हुनेछन्। पढाइमा मन जानेछ।