मधेश प्रदेशका पूर्वप्रमुख राजेश अहिराजविरुद्ध पक्राउ पुर्जी जारी

लालबन्दी : मधेस प्रदेशका पूर्वप्रमुख राजेश झा (अहिराज) बिरुद्ध पक्राउ पुर्जी जारी भएको छ । झा २०७७ फागुन ७ मा मधेशको प्रदेश प्रमुख नियुक्त भएका थिए ।

फौजदारी कसुरमा काठमाडौँ जिल्ला अदालतले उनीविरुद्ध पक्राउ अनुमति जारी गरेको हो । चैत २५ मा उनीविरुद्ध अदालतबाट पुर्जी जारी भएको जिल्ला अदालत काठमाडौँका एकजना अधिकृतले बताए ।

जाहेरीमा डा अहिराजले मधेशमूलकी एक नाबालिगलाई १७ वर्षको उमेरदेखि शारीरिक तथा मानसिक यातना दिँदै आएको आरोप लगाइएको छ। सुरूमा राष्ट्रिय महिला आयोगमा पुगेकी ती पीडित पछि केही महिला अधिकारकर्मीको साथमा प्रहरीमा पुगेकी थिइन् ।

अहिराज २०७७ फागुन ७ मा मधेशको प्रदेश प्रमुख नियुक्त भएका थिए ।

सम्बन्धित समाचार

सबै