हरिवन : सर्लाहीबाट लागूऔषध गाँजासहित एक युवक पक्राउ परेका छ्न्।
आज (बुधबार) हरिवन नगरपालिका-४ पटौनास्थित भित्री सडक खण्डबाट सिन्धुलीको हरिहरपुर गाउँपालिका ७ बस्ने २१ वर्षीय सबिन बललाई १५ किलो २ सय ३ ग्राम लागूऔषध गाँजासहित पक्राउ परेका हुन्।
ईलाका प्रहरी कार्यालय हरिवनबाट गएको गस्ती टोलीले सिन्धुलीबाट हरिवनतर्फ आउँदै गरेको प्रदेश ३-०२-०१० प ८२९३ नम्बरको मोटरसाइकललाई शंका लागेर चेकजाँच गर्दा कालो झोलाभित्र उक्त परिमाणको लागूऔषध बरामद भएको हो। उक्त स्थान प्रहरी चौकी हरिवनबाट झण्डै ५ किलोमीटर उत्तरमा पर्छ।
पक्राउ परेका बललाई ईलाका प्रहरी कार्यालय हरिवनमा ल्याई घटनाको सम्बन्धमा अनुसन्धान भईरहेको छ।