लालबन्दी : मकवानपुरको भीमफेदीमा मंगलबार दिउँसो यात्रुबाहक विङ्गर दुर्घटना हुँदा १४ जना घाइते भएका छन्। दिउँसो १ बजे भीमफेदी गाउँपालिका–९ स्थित त्रिभुवन राजपथको छैसठ्ठी मोडमा दुर्घटना भएको हो।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार चित्लाङबाट सर्लाहीको लालबन्दीतर्फ आउँदै गरेको प्रदेश २–०३–००१ ज ०१४७ नम्बरको विङ्गर गाडी ब्रेक फेल भएर सडकबाट करिब २० मिटर तल खसेको थियो। गाडी सल्लाको रुखमा अड्किएर ठूलो क्षति हुनबाट जोगिएको प्रहरीले जनाएको छ।
दुर्घटनामा गाडीका चालकसहित १४ जना घाइते भएका छन्। तीमध्ये ३ जनाको अवस्था गम्भीर रहेको र उनीहरूको हेटौंडा अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ।
लालबन्दी नगरपालिकामा चलेको लघुवित्तसम्बन्धी तालिमका क्रममा चित्लाङ अवलोकनका लागि चित्लाङ पुगेका उनीहरू फर्किने क्रममा उनीहरू दुर्घटनामा परेका बुझिएको छ ।
गाडीमा सवार अधिकांश यात्रुहरू लालबन्दी नगरपालिका वडा नम्बर १५ र १६ का रहेका छन्। गाडीमा दुई जना शाखा अधिकृतहरू कमल थापा र समीर सुवेदी पनि सवार थिए ।
दुर्घटनाको खबर पाएलगत्तै लालबन्दी नगरपालिका–१५ का वडाध्यक्ष गोरख बहादुर बल घाइतेहरूको अवस्थाबारे बुझ्न हेटौंडा जाँदै गरेको जानकारी दिएका छन्।
घाइतेहरूको विवरण यसप्रकार छ :
१ अम्बरी लो लामा २८ वर्ष, लालबन्दी–१५, परवानीपुर शरीरका विभिन्न भागमा चोट, अवस्था मध्यम।
२ रितिक राई ३६ वर्ष, लालबन्दी–१६, भोर्लेनी दाहिने हातमा भित्री चोट, अवस्था मध्यम।
३ पदम बहादुर श्रेष्ठ ४५ वर्ष, लालबन्दी–१६ बायाँ हातमा भित्री चोट, अवस्था मध्यम।
४ राजाराम बस्नेत ५१ वर्ष, लालबन्दी–१६ छाती र घाटीमा भित्री चोट, अवस्था गम्भीर।
५ कमल थापा ५६ वर्ष, लालबन्दी–१, नवलपुर दाहिने हात र शरीरका विभिन्न भागमा चोट, अवस्था गम्भीर।
६ शान्ता विक ३० वर्ष, लालबन्दी–१६ टाउको र छातीमा चोट, कानबाट रगत बगेको, अवस्था गम्भीर।
७ सरोज कुमार चौधरी ४० वर्ष, लालबन्दी–४, (चालक) शरीरका विभिन्न भागमा चोट, अवस्था मध्यम।
८ निर्मला विक २७ वर्ष, लालबन्दी–१५ ढाडमा भित्री चोट, अवस्था सामान्य।
९ सिमा घलान २२ वर्ष, लालबन्दी–१५ शरीरका विभिन्न भागमा दुखाइ, अवस्था सामान्य।
१० समिर सुवेदी ५० वर्ष, लालबन्दी–५ बायाँ हात र करङमा चोट, अवस्था सामान्य।
११ कल्पना विक २७ वर्ष, लालबन्दी–१६ शरीरका विभिन्न भागमा चोट, अवस्था मध्यम।
१२ निलिमा खड्का २२ वर्ष, लालबन्दी–१५ टाउको र दाहिने कुममा चोट, अवस्था मध्यम।
१३ सुस्मा विक २५ वर्ष, लालबन्दी–१६ दाहिने कुम र टाउकोमा चोट, अवस्था मध्यम।
१४ पवित्रा घिसिङ ३२ वर्ष, लालबन्दी–१६ टाउको र शरीरका विभिन्न भागमा चोट, अवस्था मध्यम।
प्रहरीका अनुसार गाडी ब्रेक फेल भएर दुर्घटनामा परेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ।