२०८२ साल जेठ ११ गते आइतबारको राशिफल :
मेष- अप्ठ्यारो परिस्थितिमा पनि केही काम बन्नेछन्। प्रयत्न गर्दा समयको सदुपयोग हुनेछ। सहयोगीहरूले काममा सहयोगको तत्परता देखाउनेछन्। समयको गतिलाई पछ्याउन प्रयत्न गर्नु होला। गुरुजनको सहयोग र बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ। प्रतिस्पर्धामा केही कमजोर सावित भइएला।
वृष- आश मारेको फल पुनः प्राप्त हुन सक्छ। गोप्य रहस्य पत्ता लगाउन सकिने समय छ। तर, सानातिना काम र घरेलु समस्यामा अल्झनुपर्ला। लगनशीलताले राम्रै उपलब्धि दिलाउनेछ। समय लागे पनि काम सम्पादन हुनेछन्। परिवारजनको सहयोग लिँदा राम्रो हुनेछ।
मिथुन- स्वास्थ्यमा अलि कमजोरी अनुभूति हुनेछ। केही चुनौती पनि सामना गर्नुपर्ला। व्यापार-व्यवसायमा लाभ हुनेछ। व्यवसाय विस्तारका लागि यात्रा पनि हुनेछ। कामको सन्दर्भमा शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ। विवेकले काम लिने प्रयत्न गर्नु होला। विचारलाई तौलेर मात्र व्यक्त गर्नु बुद्धिमानी हुनेछ। काममा स्थानान्तरण हुन सक्छ।
कर्कट- सोख पूर्तिका लागि खर्च बढ्ला। दाम्पत्य सम्बन्धमा रमाउने समय छ। प्रेमको बन्धन कसिने बेला छ। दिन मनोरञ्जनपूर्ण रहनेछ। नयाँ काम पाइनेछ। स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला। आलस्यले गर्दा अवसर गुम्न सक्छ। आर्थिक कारोबार अत्यावश्यक अवस्थाबाहेक नगर्नु नै उचित हुनेछ।
सिंह- नयाँ ज्ञान सिक्ने मौका छ। आम्दानी प्रशस्तै बढ्नेछ। नयाँ सवारी साधन प्राप्तिको योग छ। आतिथ्यपूर्ण सम्मान पाइएला। बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ। अरूको भर पर्दा काम रोकिन सक्छ। हिम्मत गर्न नसक्दा योजना कार्यान्वयन नहुन सक्छ। तत्काललाई ठूलो फाइदा नभए पनि भविष्यका लागि विशेष काममा जग बसाउने अवसर प्राप्त हुनेछ।
कन्या- रोकिएका काम बन्नाले उत्साह जाग्नेछ। संघर्ष गरेरै अधिकार स्थापित गर्न सकिनेछ। शत्रुहरू किनारा लाग्नेछन्। प्रतिस्पर्धामा पनि विजयी भइनेछ। कृषि, पशुधन र अचल सम्पत्तिको उपयोगबाट लाभ उठाउन सकिनेछ। अनुकूल समय छ। सहयोगीहरूले राम्रो साथ दिनेछन्।
तुला- ईर्ष्या गर्नेहरूले काममा अवरोध पुर्याउन सक्छन्। आफ्ना योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ। चुनौती चिर्दै काम सम्पादन गर्न सकिनेछ। खर्चको मात्रा बढ्ने देखिन्छ। व्यवसायमा लगानी बढाउनुपर्ने समय छ। आफ्नै कमजोरीले विवादमा परिनेछ। आँटेको काममा सफलता मिल्नेछ। अरूबाट आलोचना हुने, काममा बाधा देखिने र धनमाल हराउने सम्भावना छ।
वृश्चिक- मातापिता, मान्यजन वा विशिष्ट व्यक्तिसँग विवादको सम्भावना छ। पठनपाठनमा राम्रै प्रगति हुनेछ। व्यापारलगायत आर्थिक लाभ हुने काममा राम्रै फाइदा हुनेछ। स्वादिष्ट भोजनमा मन रमाउनेछ। अध्ययनमा मन नलागे पनि आत्मविश्वास बढ्नेछ। रोकिएका काम विस्तारै बन्नेछन्।
धनु- पहिलेको सम्झौताले अप्ठ्यारो पार्न सक्छ। अरूको व्यवहारले शंका उब्जाए पनि मान्यजनको सुझाव शिरोधार्य गर्दा फाइदा हुनेछ। भेटघाटको अलमलले नोक्सान पुर्याउन सक्छ। नयाँ कामको प्रस्ताव आए पनि हिम्मत गर्न नसक्दा केही पछि परिनेछ। व्यावसायिक काममा खर्च बढ्नेछ भने अरूका काममा महत्त्वपूर्ण समय बित्न सक्छ।
मकर- अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा लक्ष्य प्राप्त गर्न विलम्ब हुनेछ। कमजोर मानसिकताले पछि परिनेछ भने हिम्मत गर्दा पुरुषार्थी काम सम्पादन हुन सक्छ। रोकिएका काम बन्ने र नयाँ काम शुरु गर्ने समय छ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ। नयाँ प्रेम साथै प्रेम विवाहमा परिणत हुने योग छ।
कुम्भ- विशेष योजना गोप्य राखेर अघि बढ्नु होला। पुरानो गतिले काम बिग्रन सक्छ। बेसुरमा वचन दिने बानीले दुःख पाइनेछ। गरिएका कर्मको उचित प्रतिफल पाइनेछ। कृषि-चौपायामा केही समस्या देखिए पनि प्रशस्त धन आर्जन गर्ने मौका छ।
मीन- समयको गतिलाई पछ्याउन प्रयत्न गर्नु होला। गुरुजनको सहयोग र बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ। लगनशीलताले राम्रै उपलब्धि दिलाउनेछ। बुद्धिको उपयोगले धेरैलाई आफ्नो पक्षमा लिन सकिनेछ। धैर्यसाथ निरन्तरको प्रयत्नले काममा फाइदा हुनेछ। पारिवारिक जमघटमा मन रमाउनेछ। व्यापार-व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा हुनेछ ।