बसमा करेन्ट लाग्दा बाबु-छोराको घटनास्थलमै मृत्यु

115

दाङ : दाङको तुलसीपुरमा गुडिरहेको यात्रुवहाक बसमा करेन्ट प्रवाह हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ ।

मृत्यु हुनेमा रोल्पाको दलसिंगेका कालुराम डाँगी र टोपीलाल डाँगीको मृत्यु रहेका छन् । उनीहरु दुवै जना बाबु र छोरा भएको प्रहरीले जनाएको छ ।

तुलसीपुरबाट रोल्पाको दलसिंगेका लागि छुटेको रा. १ ख. ८३४ नम्बरको बस बिहीबार सल्यानको राप्ती राजमार्गको चोर खोला नजिकै जाँदा दुर्घघटना भएको हो ।

बुधबार राति हावाहुरी र पानी आउँदा सडक छेउको बिजुलीको तारमा रुख ढलेको थियो। सडकबाट बस पार हुँदा बिजुलीको तारमा छोइएर बसमा करेन्ट प्रवाह भएको जनाईएको छ ।

बसमा २० देखि २५ जना सवार भएको जनाइएको छ । यद्यपि यसबारे थप जानकारी भने आउन बाँकी छ।