भारत : छिमेकी मुलुक भारतको आन्द्रा प्रदेशमा वेश्यालाय पुर्याइएकी एक १३ वर्षिया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले ८० जनालाई पक्राउ गरेको छ।
८ महिनासम्म बलात्कार गरेको आरोपमा प्रहरीले मंगलबार एक इन्जिनियसहित १० जनालाई पक्राउ गरेको थियो। पछि संलग्न देखिका थप ७० जनालाई हिरासतमा राखेर अनुसन्धान थालिएको छ।
ती बालिकालाई उनकै आमाकी साथीले वेश्या पुर्याएको खुलेको छ। ती बालिकाको आमा र साथी स्वारना कुमारीको भेट २०२१ जुनमा कोभिड अस्पातलमा भएको थियो । बालिकाकी आमाको भने मृत्यु भइसकेको छ। आमाको मृत्युपश्चात स्वारनाले बालिकालाई बिनाजानकारी लिएर गएको बताइएको छ।
बालिकाका बुबाको उजुरीपछि प्रहरीले अनुसन्धान सुरू गरेको थियो। एजेन्सी