२०८२ साल असार ३१ गते मंगलबारको राशिफल

२०८२ साल असार ३१ गते मंगलबारको राशिफल :

मेष- शुभचिन्तकहरूको साथ जुट्नाले व्यक्तित्व विकासको अवसर मिल्न सक्छ। आँट र हिम्मतले काम लिन सकेमा मनग्य फाइदा हुनेछ। सकारात्मक बन्‍ने प्रयास गर्नुहोला। आध्यात्मिक र दार्शनिक क्रियाकलापमा मन आकर्षित बन्‍नाले काममा निष्‍ठाको कमी हुनेछ।

वृष- कारोबारबाट राम्रै फाइदा हुने दिन छ। फलाम, कोइला, पेट्रोलियम पदार्थ आदिमा तपाईंको व्यापार छ भने अझ राम्रो प्रतिफल पाइने छ। दाम्पत्य सम्बन्ध र पारिवारिक जीवन सुखमय रहनेछ। अभिभावकको सहानुभूति मिल्नेछ। कामकाजी महिलाले आफ्नो कार्यक्षेत्रमा समेत राम्रो प्रगति गर्न सक्ने समय छ।

मिथुन- अप्ठ्यारा परिस्थितिलाई पनि सहज बनाउन सकिने तथा चुनौतीका माझमा प्रतिष्‍ठा कायम राख्‍न सकिने सुन्दर दिन छ। कार्यपद्धतिमा सुधार गरी अघि बढेमा भाग्यबल बढ्नुका साथै ठूलाबडालाई खुशी तुल्याउन सकिने छ। अचानक परिस्थिति फेरिएर इच्छाएको जिम्मेवारी प्राप्त हुनेछ। वैकल्पिक आम्दानीका निमित्त कुनै नयाँ कारोबारप्रति आकर्षण देखाएमा समेत लाभ पाउन सकिने छ। नयाँ ठाउँको छोटो यात्राले आपसी सम्बन्धमा प्रगाढता छाउनेछ।

कर्कट- सम्मान प्राप्त हुने समय छ। मनलाई एकाग्र बनाउन, समाधि र योगको अभ्यास गर्नसमेत आजको दिन राम्रो देखिन्छ। नयाँ लगानीका निमित्त उपयोगी दिन छैन। सामुन्‍ने देखिएका समस्यालाई चाँडो समाधान गर्नु होला। नत्र व्यापारिक कारोबारमा दूरगामी प्रभाव पर्न सक्छ। स्वास्थ्यस्थितिप्रति चनाखो रहनुपर्ने छ।

सिंह- नयाँ साथी बनाउन पाइने तथा नौलो विषयको जानकारी बटुल्ने दिन छ। मित्रवर्ग र साथीसंगीको सहयोगमा नजानेको कुनै विषयको ज्ञानसमेत पाउन सकिने छ। पुराना साथीभाइसँग भेटघाटको कार्यक्रम बन्‍न सक्छ। निजी वा आन्तरिक सम्बन्धलाई उजागर गरी सार्वजनिक तुल्याउने यो सही समय हो। पेशागत सफलताका लागि प्रयास गरिने छ।

कन्या- अनावश्यक काममा समय खेर फाल्नु हुँदैन। कुनै महत्त्वपूर्ण घरायसी काममा साथीसंगीको सहयोग लिन सकिने छ। क्षमता प्रदर्शन गरी प्रतिष्‍ठा आर्जन गर्न सकिने दिन छ। कार्यक्षेत्रभन्दा बाहिरको जिम्मेवारीमा खट्नुपर्ने दिन छ। तथापि, औपचारिक र अनुशासित तवरले दिन बित्‍नेछ। दोधारेपन, अलमल र चिडचिडापन हाबी हुने दिन छ।

तुला- सानो प्रयत्‍नले हैसियतमा वृद्धि हुनेछ। क्षमता र बुद्धिको उपयोग गर्दा कारोबारले गति समात्‍न थाल्नेछ। साथै, अड्किएका काम पनि पुनः प्रारम्भ हुनेछन्। पारिवारिक सुख पाउनुका साथै ज्येष्‍ठ नागरिकको आशिष मिल्ने दिन छ। सन्तानबाट सन्तोष प्राप्त हुनेछ। दाम्पत्य जीवन पनि सुखमय रहनेछ।

वृश्‍चिक- कार्यालयको काममा खासै परिश्रम गर्नुपर्ने छैन। परिवारका सदस्य, नातागोता वा आफन्तको भावनालाई समेट्न सकेमा मात्र थप सन्तुष्‍टि मिल्नेछ। परिबन्द र बाध्यतामा खुम्चनुपर्दा मन निरश बन्‍न सक्छ। आत्मविश्‍वासमा वृद्धि हुनाले हाँके-ताकेको काममा सफलता प्राप्त हुनेछ।

धनु- नयाँ एवं पुराना मित्रसित भुलिनाले पार्टनरलाई समय दिन नसकिएला। तर, कुनै व्यक्तिगत कार्य सम्पन्‍न हुने दिन छ। घरायसी सुखसुविधा बढाउने वा चल-अचल सम्पत्ति खरिद गर्ने योजना बनाउने दिन छ। कसैसँग सहयोगको अपेक्षा गरेमा निराश हुनुपर्ने छैन। खटेअनुसार फाइदा बटुल्ने दिन छ। पेट्रोलियम, रङ र पेन्टिङको कारोबार छ भने बढी लाभ लिन सकिने छ।

मकर- निजी काम वा आन्तरिक खुशीका लागि केही धन खर्च गर्नुपर्ने हुन सक्छ। तर, सोच्दै नसोचेको कुनै ठाउँबाट आकस्मिक लाभसमेत पाउन सक्नु हुनेछ। अभिव्यक्ति, कला र मनोरञ्‍जनसम्बद्ध विषयमा रुचि जाग्‍ने समय छ। मानसम्मान, इज्जत र प्रतिष्‍ठा बढ्ने दिन छ।

कुम्भ- मनमस्तिष्‍क नै हलुका र उत्साही बन्‍नेछ। कामको चापबाट फुर्सद पाइने छ। जीवनसाथीका साथ कुनै सानोतिनो यात्रामा निस्कने योग छ। आत्मविश्‍वास जाग्‍नेछ। नयाँ कुरा जान्‍ने उत्सुकता बढ्नेछ।

मीन- आनन्दप्राप्तिका लागि एकअर्काको कमजोरी खोतल्ने काम नगर्नु नै उचित हुनेछ। श्रेष्‍ठ र शुभ कर्ममा आकर्षण बढ्नेछ। कुनै यज्ञ-यज्ञादि वा मांगलिक कार्य गर्ने योजना बनाउने वा पारिवारिक सल्लाह हुने समय छ। कार्यक्षेत्रमा आफैं खटेको जाती हुनेछ। सहयोगीले विश्‍वासघात गर्ने समय छ, सचेत रहनु होला।

सम्बन्धित समाचार

सबै