२०८२ साल साउन ०२ गते शुक्रबारको राशिफल :
मेष- आपसमा समझदारी कायम रहनेछ। व्यावहारिक र लचिलो हुने प्रयास गर्नु राम्रो हुनेछ। बाध्यात्मक परिस्थितिले अलमल्याउन सक्छ। अरूको विश्वास गर्दा धोका पाइने छ। परिवारमा खुशीको वातावरण रहने छ।
वृष- घरमा नयाँ र नौलो मानिसको उपस्थिति छ भने सतर्कता अपनाउनु होला। अल्छीपना देखिन्छ। कतिपय काम पूरा नहुन सक्छन्। मानसिक शान्ति लिनेतर्फ विचार गर्नु होला। कल्पना र भावनामा केन्द्रित भइने छ। बढी खर्च हुने परिस्थिति छ। त्यसैले आर्थिक कारोबारमा सतर्कता अपनाउनु पर्ला।
मिथुन- शुभचिन्तकहरूको साथ जुट्नाले व्यक्तित्व विकासको अवसर मिल्न सक्छ। आँट र हिम्मतले काम लिन सकेमा मनग्य फाइदा हुनेछ। व्यक्तिगत खुशीका लागि समय छुट्याएको राम्रो हुनेछ। कामको चापबाट फुर्सद पाइने दिन छ। गलत काम र दुर्जन व्यक्तिको विश्वासमा पर्दा इज्जतमा दाग लाग्न सक्छ।
कर्कट- दाम्पत्य सम्बन्ध र पारिवारिक जीवन सुखमय रहनेछ। अभिभावकको सहानुभूति मिल्नेछ। कामकाजी महिलाले आफ्नो कार्यक्षेत्रमा राम्रो प्रगति गर्न सक्ने समय छ। क्षमता र सीपको सही मूल्यांकन हुने समय छ।
सिंह- भाग्यले नचिताएको उपलब्धि प्रदान गर्नेछ। अचानक परिस्थिति फेरिएर इच्छाएको जिम्मेवारी प्राप्त हुनेछ। वैकल्पिक आम्दानीका निमित्त कुनै नयाँ कारोबारप्रति आकर्षण देखाएमा लाभ पाउन सकिने छ। प्रेमीसँग कुनै विशेष समारोहका बीचमा भेटघाट हुनाले आन्तरिक आनन्द र प्रशन्नतामा वृद्धि हुनेछ।
कन्या- महत्त्वपूर्ण काम आफ्नै उपस्थितिमा मात्र गर्नु होला। परिस्थिति अनुकूल भए पनि बाध्यतामा खुम्चनु पर्दा इच्छा पूरा हुन सक्ने छैन। प्रतिष्ठा र सम्मानमा भने अभिवृद्धि हुनेछ। कुनै धार्मिक-ऐतिहासिक महत्त्वको क्षेत्रको भ्रमण पनि हुन सक्छ।
तुला- पारिवारिक सुखमा कमी देखिने छैन। आफ्नो खूबी, क्षमता र आन्तरिक प्रतिभालाई बाहिर निकालेर प्रतिष्ठा कमाउने समय छ। आनन्दका लागि समय छुट्याइने छ। घुमघाम, भ्रमण र पर्यटनको मनसाय पनि बन्न सक्छ।
वृश्चिक- आपसी समन्वय र तालमेलका लागि कुनै कुरालाई त्याग्नु उचित हुनेछ। जिद्दीपनाका कारण अन्त्यमा निराशा र खिन्नता बढ्न सक्छ। व्यक्तित्व विकासको अवसर प्राप्त हुनेछ। तोकिएको काम समयमै सम्पादन गर्न सकिने र थप आयआर्जनका लागि मन उत्सुक हुने समय छ।
धनु- धेरै जनासँग मिलेर काम गर्ने प्रयास हुनेछ तर समुचित परिणाम प्राप्त गर्न धौधौ पर्नेछ। हतार गर्दा कुनै काम सफल हुने छैन। आत्मविश्वासमा वृद्धि हुनाले थप सफलता प्राप्त हुनेछ। शिक्षाक्षेत्र, आर्थिक कारोबार, सुनचाँदीजस्ता व्यापारीका लागि राम्रो दिन देखिन्छ। पारिवारिक सुख पाउनुका साथै ज्येष्ठ नागरिकको आशिष मिल्ने दिन छ।
मकर- गुरुजनको मार्गदर्शन अवलम्बन गर्दा अनुभवलाई तिखार्ने अवसर मिल्नेछ। सुखको चाहनाले लक्ष्यमा बिलम्ब हुन सक्छ। आमाको आशीर्वादले हरेक काममा सफलता दिलाउनेछ। आपसी तालमेल र पारिवारिक सम्बन्धलाई हरसम्भव सुदृढ बनाउन प्रयास गर्ने दिन छ।
कुम्भ- अध्ययनमा रुचि जाग्नेछ। मिहिनेतको राम्रो परिणाम प्राप्त हुनेछ। साथी, गुरुजन र अभिभावकको महत्त्वपूर्ण सहयोग मिल्नेछ। परिश्रमको प्रतिफल प्राप्त हुनेछ। सहकर्मीहरूको भावना बुझी काम गर्न सके पुरानो समस्या पनि हल गर्न सकिने छ।
मीन- रचनात्मक स्वभावले मानिसहरूलाई प्रभावित गर्न सक्नु हुनेछ। नयाँ परियोजना थाल्न अनुकूल समय छ। आन्तरिक खुशीका लागि केही धन खर्च गर्नुपर्ने हुन सक्छ। सोच्दै नसोचेको कुनै ठाउँबाट आकस्मिक लाभसमेत पाउन सक्नु हुनेछ।