२०८२ साल साउन ०७ गते बुधबारको राशिफल :
मेष- कुनै पुरानो कुरामा मन अल्मलिन सक्छ। पुराना विषयले तनाव बढाउने दिन छ। त्यसैले आफूलाई सम्हालेको जाती हुनेछ। कुनै समसामयिक विषयका बारेमा साथीहरूसँग छलफल गर्ने र गम्भीर भएर जानकारी बटुल्ने दिन छ। बन्धुवान्धव र छरछिमेकका काममा सघाउनुपर्ने परिस्थिति छ। मन्दिर वा स्मारकको भ्रमणबाट शान्तिको अनुभूति हुनेछ।
Advertisement
वृष- क्षमता प्रदर्शन गर्दै धन, मान र प्रतिष्ठा कमाउने समय छ। नयाँ प्रविधि वा सामाजिक सञ्जालको प्रयोग गरेमा फाइदा लिन सकिने छ। खर्च बढ्ने दिन भएकाले बजेटको व्यवस्था गरेर मात्र योजना बनाउनु उत्तम हुनेछ।
मिथुन- चिकित्सा क्षेत्र, औषधि, काष्ठ, फर्निचर आदि कारोबार छ भने प्रशस्त लाभ पाउन सक्नु हुनेछ। आपसमा अहंकारले क्षति गर्नेछ। नौलो विषयको जानकारी लिएर प्राज्ञिक क्षमता तिखार्ने अवसर मिल्नेछ।
कर्कट- अवसर प्राप्तिका निम्ति दौडधूप र परिश्रम गर्नुपर्ने समय छ। तर, भावनालाई नियन्त्रणमा राखी व्यवहार गर्नु उचित हुनेछ। कठोर निर्णय लिनुपर्ने कमजोर समय छ। तथापि, विवेकको प्रयोग गरेमा व्यक्तिगत साख कायम राख्न सफल भइने छ।
सिंह- आय आर्जनका मार्गमा स्पष्ट निर्णय गर्ने समय छ। नयाँ अवसर प्राप्त हुने तथा धन र मान बढ्ने संकेत छ। ठेक्कापट्टा, गृहनिर्माण, फर्निचर र साजसज्जाका सामग्री, बालबालिकाका सामान, खानपिनका सुक्खा वस्तु, गरगहना र सुनको कारोबारमा लाभ पाउन सकिने छ। घरव्यवहार र दैनिक कामधन्दामा निकै खट्नुपर्ने परिस्थिति छ।
कन्या- साझेदार र प्रतिस्पर्धीसँग अन्तक्र्रिया गरी अनुभव बटुल्नु महत्त्वपूर्ण हुनेछ। निकै धपेडी गर्ने बेला छ। काम गर्दा अनेक बाधा आउन सक्छन्। तथापि, दोहोर्याएर प्रयास गरेमा सबै काम सम्पन्न हुने दिन छ। परिश्रम गर्ने छात्रछात्राले उत्कृष्ट परिणाम प्राप्त गर्नेछन्।
तुला- अचानक खुशी हुने कुनै समाचार सुन्न पाइने छ। कामविशेषले देश-परदेशको यात्रा हुने वा घर छाड्नुपर्ने परिस्थिति पनि बन्न सक्छ। नयाँ ठाउँको छोटो यात्राले आपसी सम्बन्धमा प्रगाढता ल्याउनेछ। व्यक्तित्वमा घमण्ड र अहंकारले प्रवेश गर्ने समय छ। तर, संयम भएर अर्काका कुरा सुन्दा मात्र राम्रो हुनेछ।
वृश्चिक- भविष्यको चिन्ताले सताउने समय छ। तथापि, शान्त र संयम बन्नु उचित हुनेछ। जीवनसाथी र घरपरिवारसँगै रमाएको जाती हुनेछ। योजनाहरूमा गोपनीयता अपनाउनु होला। किनकि, जोखिम र संकटले भरिपूर्ण समय छ। नैराश्य, दिक्दारी र चिडचिडापन बढ्न सक्छ।
धनु- कला, साहित्य र अभिनयका क्षेत्रमा रुचि बढ्ने दिन छ। व्यक्तित्वमा निखार आउने छ। धेरैको मन लोभ्याउन सकिने र प्रेमिल भावना विकसित हुने दिन हो। काममा भन्दा पनि मन आनन्दप्राप्तिका निमित्त आकर्षित हुनेछ। सुखभोग गर्न पाइने छ।
मकर- दोधारेपन, अलमल र चिडचिडापन हावी हुने दिन छ। घरपरिवारबाट भने सुखद समाचार आउनेछ। घुमघाममा जाने वा मनोरञ्जन गर्ने मौका जुर्न सक्छ। आज प्रतियोगी र प्रतिस्पर्धीहरू कमजोर रहने छन्।
कुम्भ- प्रियजन र आफन्तलाई सहयोग गर्ने समय छ। महत्त्वाकांक्षा र असम्भव आशा जाग्नाले निराश हुन सक्नु हुनेछ। सांसारिक सुखप्रतिको झुकाव बढ्नेछ। जुनियर स्टाफको अभावमा कारोबार प्रभावित बन्न सक्छ। तर, घरका कनिष्ठ नातेदारको सहयोग लिन सकिने छ।
मीन- घरपरिवारमा सँगै बस्नेले बाध्यात्मक काममा अल्मलिने परिस्थिति देखिन्छ। यद्यपि, उच्च शिक्षाका विद्यार्थी एवं वैदेशिक प्रयोजनको अध्ययन गर्नेले राम्रो परिणाम पाउनेछन्। निर्णयात्मक काममा ध्यान केन्द्रित हुने छैन। घरायसी समस्या र सुखका बारेमा चिन्तन गर्ने दिन छ। विशेष काम गर्नुछ भने अभिभावक, पत्नी वा छोराछोरीका इच्छा बुझेर अघि बढ्नु ठीक हुनेछ।