२०८२ साल साउन १२ गते सोमबारको राशिफल

२०८२ साल साउन १२ गते सोमबारको राशिफल :

मेष- समयमा होश नपुग्‍नाले केही चुनौती आइपर्न सक्छन्। काममा ध्यान दिनु आवश्यक छ नत्र अवसर गुम्‍न सक्छ। पुराना समस्या दोहोरिन सक्छन्। स्वास्थ्यमा कमजोरी देखिन सक्छ र उपचारमा खर्च बढ्ने सम्भावना छ।

वृष- प्रक्रिया नमिल्नाले पहिलेको काम दोहोर्‍याउनुपर्ने हुन सक्छ। आलोचक र आक्षेप लगाउनेहरू सक्रिय रहनेछन्। विश्‍वास गरेका व्यक्तिबाट पनि धोका पाइने सम्भावना छ। जिम्मेवारी भने बढ्नेछ।

मिथुन- प्रतिष्‍ठित काम गरेर धेरैको मन जित्‍न सकिनेछ। विशिष्‍ट व्यक्तिहरूसँग मित्रता प्रगाढ हुनेछ। साझेदारी काम र आम्दानीमा वृद्धि हुनेछ। भौतिक साधनहरू जुट्ने र गरिएका कामको प्रशंसा हुने समय हो।

कर्कट- दाम, इनाम र प्रतिष्‍ठा प्राप्त गर्ने राम्रो अवसर छ। कीर्तिमानी काम गरेर आफ्नो क्षेत्रमै प्रभुत्व जमाउन सकिनेछ। व्यापारमा पनि राम्रो फाइदा हुनेछ। नयाँ जिम्मेवारीहरू पाउने सम्भावना छ।

सिंह- खर्च बढ्न सक्छ र आर्थिक अभाव महशुस हुन सक्छ। समयको सदुपयोग गर्न नसक्दा अवसर गुम्‍न सक्छ। स्वास्थ्यमा कमजोरी आउन सक्छ। व्यवसायमा सोचेजस्तो नतिजा नआउने सम्भावना छ।

कन्या- व्यापारमा फाइदा हुनेछ। आँट र प्रयत्‍नले प्रतिस्पर्धीलाई पछि पार्न सकिनेछ। साँझपछि परिस्थितिमा केही चुनौती देखिन सक्छ। दौडधुप बढ्न सक्छ। फाइदाको पछि लाग्दा सम्बन्धमा चिसोपन आउन सक्छ।

तुला- परिश्रमले आम्दानी बढाउनेछ। नयाँ ज्ञान प्राप्त गर्ने अवसर छ। धन लाभका साथ साथै परिवारका आवश्यकता पूरा गर्न सकिनेछ। साँझतिर सहयोगीहरूको साथले मन उत्साहित हुनेछ। दिगो फाइदाका लागि लगानी गर्ने समय छ।

वृश्‍चिक- बौद्धिक चिन्तनले नयाँ विचार जन्माउनेछ। अध्ययनमा प्रगति हुनेछ। तर, भौतिक साधनमा समस्या आउन सक्छ। सावधानीले सामान्य लाभ लिन सकिन्छ। सेवामूलक कार्यले सामाजिक प्रतिष्‍ठा दिलाउनेछ।

धनु- कुरा लगाउनेहरूले समस्या निम्त्याउन सक्छन्। तर, तपाईंको मिहिनेत सफल हुनेछ। चुनौतीहरू सामना गर्नुपर्ला। खर्च बढ्ने र साथीसँग दूरी बढ्न सक्छ। होशियारीपूर्वक काम गर्नु होला।

मकर- बेसमयमा बचन दिने बानीले अप्ठ्यारोमा पार्न सक्छ। व्यवसायमा समस्या देखिन सक्छ। सामाजिक जिम्मेवारी बढ्नेछ। तथापि, भूमि, वाहन वा पैत्रिक सम्पत्तिबाट लाभ हुने संकेत छन्।

कुम्भ- पढाइमा प्रगति हुनेछ। आम्दानी बढ्नेछ र रोकिएको रकम प्राप्त हुने समय छ। शुभचिन्तकहरूको सहयोग प्राप्त हुनेछ। व्यापारमा अपेक्षाकृत लाभ मिल्नेछ। प्रयासको राम्रो प्रतिफल पाउने दिन छ।

मीन- अरूलाई प्रभावित पारेर काम सम्पादन गर्न सकिने समय छ। नयाँ कामका प्रस्ताव आउन सक्छन्। रमाइलो जमघट र स्वादिलो भोजनको आनन्द पाइनेछ। तर, सानातिना घरेलु समस्याले मन खिन्‍न हुन सक्छ।

सम्बन्धित समाचार

सबै