हरिवन : सर्लाहीमा मोटरसाइकलको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ।
हरिवन नगरपालिका-१० सुखेपोखरीस्थित सडकमा प्र.२-०३-०१९ प ५४०८ नम्बरको मोटरसाइकलको ठक्करबाट साइकलयात्री सोही नगरपालिका-१० ताइवान बस्ने दिनेश बुढाथोकीकी छोरी १५ वर्षीया दीपिकाको आइतबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जानकारी दिएको छ।
ठक्करबाट गम्भीर घाइते भएकी उनको चन्द्रनिगाहपुर सरकारी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकलाई थप उपचारको लागि वीरगंजतर्फ पठाइएको छ ।
घटनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।