हरिवन : सर्लाहीमा मोटरसाइकलको ठक्करबाट एक बालकको मृत्यु भएको छ।
हरिवन नगरपालिका-२ पाकड गाछीस्थित सडकमा म.प्र.०२-००८ प २७५३ नम्बरको मोटरसाइकलको ठक्करबाट सोही नगरपालिका-२ अत्रौली टोल बस्ने जितेन्द्र महतोको छोरा २ वर्षीय रियान्सको आइतबार राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जानकारी दिएको छ।
ठक्करबाट गम्भीर घाइते भएका उनको नेशनल मेडिकल कलेज वीरगंजमा थप उपचारको क्रममा मृत्यु भएको हो।
हाल फरार मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ।