काठमाडौँ । जेनजीको प्रदर्शन नियन्त्रण बाहिर पुगेपछि स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौँले सोमबार मध्याह्न साढे १२ बजेदेखि लागू हुनेगरी राति १० बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरेको हो।
प्रदर्शनकारीहरु निषेधित क्षेत्र तोड्दै संसद् भवनभित्रसमेत घुसेसँगै स्थिति नियन्त्रणमा लिन प्रशासनले कर्फ्यु आदेश जारी गरेको काठमाडौँका प्रमुख जिल्ला अधिकारी छवि रिजालले जानकारी दिए ।
जेनजीको उग्र प्रदर्शन रोक्न प्रहरीले हवाई फायरसमेत गरेको छ।