लालबन्दी । जनमत पार्टीले मधेस प्रदेश सरकारको नेतृत्व गरिरहेको आफ्नो दललाई फिर्ता बोलाएको छ ।
पार्टीले आज प्रदेश प्रमुखलाई एक पत्र लेख्दै यसबारे जानकारी गराएको हो ।
जनमत पार्टी संसदीय दलका नेता महेशप्रसाद यादवले आज मधेस प्रदेश प्रमुखलाई पत्र पठाउँदै समर्थन फिर्ता लिएको जानकारी गराएका हुन् । पत्रमा उल्लेख भएअनुसार जनमतले सरकारमा समर्थनसमेत उक्त पार्टीका मुख्यमन्त्री तथ मन्त्रीहरूलाइ फिर्ता बोलाएको छ ।
पछिल्लो राजनीतिक परिस्थिति र आन्तरिक निर्णयअनुसार मुख्यमन्त्रीसहित मन्त्रीहरूलाई बोलाएको पत्रमा उल्लेख गरिएको छ ।
यसैबिच जेनजी आन्दोलन उग्र बनेको बेला भदौ २४ गते राजीनामा घोषणा गरिरसकेका मुख्यमन्त्री सतिश कुमार सिंहले आफूले औपचारिक रूपमा राजीनामा नदिएको दाबी गर्दै पुनः कामकाजमा फर्किने बताएका थिए । उनको उक्त कदमको चौतर्फी आलोचना भइरहेको छ ।
