एसिया कप : नेपालले भारतलाई दियो २३१ रनको लक्ष्य

14

काठमाडौं : एसिया कपमा भारतलाई नेपालले २३१ रनको लक्ष्य दिएको छ।

श्रीलंकाको क्यान्डीस्थित पल्लेकेले क्रिकेट स्टेडियममा टस हारेर पहिला ब्याटिङमा तानिएको नेपालले ४८ ओभर २ बलमा अलआउट हुँदै २३० रन बनायो।

नेपालका लागि आशिफ शेखले ९७ बलमा ८ चौकासहित सर्वाधिक ५८ रनको पारी खेले।

सोमपाल कामीले ५६ बलमा १ चौका र २ छक्कासहित ४८ रन बनाउँदा कुशल भुर्तेलले २५ बलमा तीन चौका र दुई छक्कासहित ३८ रन बनाए।

दीपेन्द्रसिंह ऐरीले २९, गुल्सन झाले २३ रन बनाउनबाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन्।

भारतका लागि रविन्द्र जडेजा र मोहम्मद सिराज तीन-तीन तथा मोहम्मद सामी, हार्दिक पाण्ड्या र शार्दुल ठाकुरले समान एक-एक विकेट लिए।