झिलीमिली बत्ती लगाउने क्रममा करेन्ट लागेर एक युवकको मृत्यु

वीरगञ्ज । घरमा झिलीमिली बत्ती लगाउने क्रममा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा वीरगन्ज महानगरपालिका–१ छपकैया टोलका १७ वर्षीष पियूषकुमार साह रहेका छन् ।

पर्सा प्रहरीका सूचना अधिकारी हरिबहादुर बस्नेतले शनिबार साँझ आफ्नो एकतले घरको छतमा तिहारको झिलीमिली बत्ती लगाउने क्रममा घटना भएको हो ।

वाइरिङको तारमा अचानक करेन्ट लागेर गम्भीर घाइते भएका साहको नारायणी अस्पताल लैजाने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार

सबै