धनकुटा : धनकुटामा १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक वृद्ध पक्राउ परेका छ्न्।
जिल्लाको पाख्रिबास नगरपालिका-८ बस्ने ६७ वर्षीय रंगलाल तामाङलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।
तामाङले ती किशोरीलाई आइतबार दिउँसो डर त्रास देखाई आफ्नै घरको कोठामा लगेर जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय धनकुटाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।
घटनाका बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ