सर्लाहीमा घरको छतबाट खसेर एक युवकको मृत्यु

2742

लालबन्दी : सर्लाहीमा आफ्नै घरको छतबाट खसेर युवकको मृत्यु भएको छ।

जिल्लाको चक्रघट्टा गाउँपालिका-८, औरहीका ३० वर्षीय मुकेश महतोको छतबाट खसेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

आइतबार राती आफ्नै घरको छतमा पुगेका महतो खसेर सख्त घाइते भएपछि उपचारका लागि आफन्तले प्रादेशिक अस्पताल मलंगवा पुर्‍याएका थिए। महतोको उपचारको क्रममा मृत्यु भएको हो।

मृतकको शव अहिले परिक्षणको लागि सोहि अस्पतालमा राखिएको र घटनाका सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।