लालबन्दी : लालबन्दीमा गएराति गोली चलेको छ। स्थानीयले प्रतिकार गर्न खोजेपछी लुटेरा समूहले गोली चलाएको हो।
लालबन्दी वडा नम्बर ५ नयाँटोलमा रहेको रामचरित्र ठाकुरको घरमा राती लुट्न आएका लुटेरा र स्थानीयबीच झडप भएपछि लुटेराले जवाफी फाइरिङ गरेको बुझिएको छ। उक्त घटनापछि प्रहरी त्यसतर्फ पुगेको त्यहाँका एक स्थानीयले बताए।
घटनाको पूरा विवरण आइसकेको छैन। लुटेरा समूह कति संख्यामा थिए त्यसबारे पनि प्रहरीले कुनै यकिन गर्न सकेको छैन।