सर्लाहीबाट १० किलो गाँजासहित दुईजना पक्राउ

405

सर्लाही : सर्लाहीको पर्सा गाउँपालिका-२ बाट सशस्त्र प्रहरीले लागूऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ।

भारततर्फ लैजान थालेको अवस्थामा भारतीय सीमा नजिक सशस्त्र प्रहरीले जाँच गर्दा गाँजा फेला परेको हो। पर्सा गाउँपालिका-६ बस्ने ४५ वर्षीया सुदामादेवीले बोरामा हालेर टाउकोमा बोकी भारततर्फ लैजान लागेको अवस्थामा सशस्त्र प्रहरीले चेकपोष्टले रोकेपछि उनी बोरा छाडेर भागेकी थिइन्।

विशेष सुराकीको आधारमा सशस्त्रले उक्त स्थानमा चेक पाेष्ट राखेर लागूऔषधको कडा निगरानी राखेकाे थियाे। गाँजाकाे बाेरा छाडेर भागेकी सुदामालाई सशस्त्रले पिछा गर्दै नियन्त्रणमा लिएकाे थियाे।

पक्राउ परेकी सुदामाकै बयानकाे आधारमा गाँजा व्यापारमा संलग्न सोही ठाउँका ५० वर्षीय राजकिशोर महतोलाई पनि पक्राउ गरेको सशस्त्र प्रहरीले जनाएको छ। 

सुदामादेवीको साथबाट बरामद गाँजा १० किलो २ सय ग्राम गाजाँसहित पक्राउ परेका दुबै जनालाई थप अनुसन्धान र कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय मलंगवामा बुझाइएको छ।