सर्लाही : मलंगवामा गणेश पूजाको मूर्ति विर्सजन गर्नेक्रममा तनाव उत्पन्न भएको छ।
मलंगवा नगरपालिका-३ मा दुई समुदायबिच झडपको स्थिति सिर्जना भएपछि प्रहरीले भीड नियन्त्रणका लागि दुई सेल अश्रुग्याँस प्रहार गरेको छ। अहिले पनि ठूलो भीड जम्मा भएर बसेकाले प्रहरीले स्थिति साम्य पार्ने प्रयास जारी राखेको छ।
नेपाल प्रहरी र सशस्त्र प्रहरीले स्थिति नियन्त्रणमा लिने प्रयास गरिरहेको छ। घटनाबारे विस्तृत विवरण प्राप्त हुन बाँकी छ।