सर्पले डस्दा दिदीबहिनीको मृत्यु

293

कपिलवस्तु : कपिलवस्तुमा सर्पले डस्दा एकै घरका दुई दिदीबहिनीको मृत्यु भएको छ।

मंगलबार राति सर्पले डसेर घाइते भएका बाणगङ्गा नगरपालिका-९, भलवाडका उनीहरुको उपचारको क्रममा बुधबार लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको हो।

भलवाडका मोतीलाल क्षेत्रीका छोरीहरु ३ वर्षीया रीतिकाको बिहान र ८ वर्षीया इशिकाको भने साँझ करिब ६ बजे मृत्यु भएको प्रादेशिक अस्पताल बुटवलका सूचना अधिकारी डा. नेत्रबहादुर रानाले बताए।

उनीहरुलाई गए राति घरमा सुतिरहेको अवस्थामा सर्पले डसेको थियो। सर्पले डसेको थाहा पाएपछि दुबैलाई बिहान ४ बजे उपचारका लागि कपिलवस्तु सर्पदंश उपचार केन्द्र गोरुसिङ्गेमा लगिएको थियो।

तर त्यँहा उपचार हुन नसकेपछि उनीहरलाई थप उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल लगिएको भएपनि दुबैको मृत्यु भएको हो।