लालबन्दी । सर्लाहीको लालबन्दी नगरपालिकाले मगर दिवसका अवसरमा स्थानीय सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
नगर कार्यपालिकाको कार्यालय लालबन्दीले जारी गरेको शुभकामना सन्देशअनुसार २०८२ फागुन १५ गते शुक्रबार मगर संघ स्थापना दिवसको अवसरमा नगरपालिका क्षेत्रभित्र सार्वजनिक बिदा दिने निर्णय गरिएको हो।
उक्त दिन लालबन्दी नगरपालिकाअन्तर्गत रहेका सबै सरकारी कार्यालय, सार्वजनिक निकाय, शैक्षिक संस्था तथा वित्तीय संस्थासमेत बन्द रहने जनाइएको छ।
नगरपालिकाले मगर दिवसको पावन अवसरमा सम्पूर्ण मगर समुदायप्रति हार्दिक शुभकामना व्यक्त गर्दै नगर क्षेत्रभित्र रहेका सबै जातजाति, भाषा र संस्कृतिका समुदायबीच आपसी सद्भाव प्रगाढ बनाउन आग्रह गरेको छ। सामाजिक तथा आर्थिक रूपमा समृद्ध नगर निर्माणमा यस पर्वले प्रेरणा प्रदान गर्ने विश्वास समेत व्यक्त गरिएको छ।
यो निर्णयबारे सम्बन्धित सबैलाई जानकारी गराइएको नगर प्रमुख वासुदेव अधिकारीद्वारा हस्ताक्षरित सूचनामा उल्लेख छ।
