वीरगञ्ज । रौतहटको राजपुर नगरपालिका–५ पानीटंकी नदीको किनारमा आज बिहान शङ्कास्पद वस्तु फेला परेको छ ।
सडकछेउमा बेवारिसे अवस्थामा ड्रम राखिएको देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए ।
रौतहट प्रहरी प्रमुख एसपी सीताराम रिजालका अनुसार सूचना पाएलगत्तै घटनास्थलमा प्रहरीको टोली पुगेको थियो । थप सुरक्षाका लागि गौरस्थित नारायण दल गणबाट नेपाली सेनाको बम डिस्पोजल टोलीलाई बोलाइएको थियो ।
सेनाको टोलीले उक्त शङ्कास्पद ड्रमलाई डिस्पोज गर्ने क्रममा भित्र माटोको थुप्रो मात्र भेटिएको रौतहट प्रहरीले पुष्टि गरेको छ ।