सर्लाही ४ मा कांग्रेस र रास्वपाबीच ढुंगामुढा भएपछि एउटा केन्द्रमा मतदान स्थगित

बलरा । सर्लाहीको बलरा नगरपालिकाको एउटा केन्द्रमा प्रतिनिधिबीच विवाद हुँदा ढुंगामुढा भएको छ ।

विवाद बढ्दै गएपछि ढुंगामुढा भएको हो । कांग्रेस र रास्वपाका कार्यकर्ताबीच विवाद भएको थियो । उक्त केन्द्रमा बिहानैदेखि विवाद भएको थियो । अहिले आधा घण्टादेखि मतदान स्थगित भएको छ ।

“केही घाइते भएका छन्,” एक प्रहरी अधिकारीले भने ।

अहिले प्रमुख जिल्ला अधिकारीसहित सबै सुरक्षा निकायका अधिकारी उक्त केन्द्रमा पुगेका छन् ।

सम्बन्धित समाचार

सबै