पोखरीमा डुबेर एक युवकको मृत्यु

मलंगवा । सर्लाहीकाे सदरमुकाम मलङ्गवामा बिहिवार पोखरीमा डुबेर एक युवकको मृत्यु भएको छ ।

मलङ्गवा नगरपालिका–२ स्थित नासी पोखरीमा डुबेर कौडेना गाउँपालिका-२, इनर्वाका ३० वर्षीय प्रेम कुमार यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सरोज राईले जानकारी दिए । स्थानीय समेतको सहयोगमा माछा मार्ने जाल हानेर युवकको शव निकालिएको उनले बताए ।

स्थानीयले युवकलाई पोखरीमा डुबेको देखेपछि प्रहरीलाई खबर गरेका थिए । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले खोजी गर्दा फेला नपरेपछि अन्तिममा स्थानीयसमेतको सहयोगमा जाल हानेर उनको शव निकालिएको हो ।

मृतकको शव पोस्टमार्टमाका लागि प्रादेशिक अस्पताल मलंगवा पठाइएको छ भने घटनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार

सबै