हरिवनः सर्लाहीमा १० वर्ष जेल सजाय तोकिएका फरार प्रतिवादी पक्राउ परेका छन्।
हिजो बिहीबार दिउँसो बेलुका साढे सात बजेतिर इलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले जिल्ला कविलासी नगरपालिका वडा नं ८ बाट ५० वर्षीय दिनेश मण्डल धानुकलाई पक्राउ गरेको हो।
जिल्ला अदालत सर्लाहीले धानुकलाई २०७३ मंसिर १२ गते १० जबर्जस्तीकरणी मुद्दामा १० वर्ष कैद ठहर गरेको थियो। तर कैद ठहर भएपछि मण्डल फरार भएका थिए।
धानुकलाई पक्राउ गरी आवश्यक कारबाहीका लागि जिल्ला अदालत सर्लाहीमा उपस्थित गराइ कैद भुक्तानका लागि हिजै मलंगवा कारागार चलान गरिएको हरिवन प्रहरीले जनाएको छ।
त्यस्तै हिजै ज्यान मार्ने उद्योगमा १५ हजार रुपैयाँ सजाय सुनाइएका फरार रामनगर गाउँपालिका ध्रुवा टोल बस्ने रामबाबु रायलाई पनि पक्राउ गरी कारागार चलान गरिएको प्रहरीले जनाएको छ।