रामनगर । सर्लाहीमा उखु खेतमा भीषण आगलागी हुँदा करिब २० बिघा क्षेत्रफलमा लगाइएको उखु जलेर नष्ट भएको छ ।
जिल्लाको रामनगर गाउँपालिका–१ महादेव टोलको पूर्वपट्टि रहेको खेतमा मंगलबार आगलागी भएको हो । स्थानीयका अनुसार तयारी अवस्थामा रहेको उखु खेतमा अचानक आगो फैलिँदा ठुलो क्षति भएको हो ।
स्थानीय अच्चेलाल रायले काटेको उखु खेतमा जलाइएको उखुको पगार (सुकेको पात) बाट आगो सल्किएको थियो ।
घटनास्थलमा स्थानीय बासिन्दा तथा किसानहरूले आगो निभाउने प्रयास गरिरहेका छन्।
आगलागीबाट भएको क्षतिको विवरण सङ्कलन भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जानकारी दिएको छ ।