सर्लाहीको सीमानाकामा ठुलो मात्रामा चिनियाँ स्याउ बरामद

सर्लाही । सर्लाही जिल्लास्थित नेपाल–भारत सीमावर्ती नाकाहरूमा अवैध तस्करी हुने गरेको पाइएको छ।

जिल्लाको संग्रामपुर, नारायणपुर, पर्सा, त्रिभुवननगर, मलंगवा, भाँडसर, सिमरा, मधुवनी, अर्नाहा लगायतका नाकाहरूबाट दैनिक रूपमा लाखौँ रुपैयाँ बराबरका सामान तस्करी हुने भेटिएको हो । सीमा क्षेत्रका बासिन्दाले जनाएअनुसार यस्तो तस्करी राति र बिहानको समयमा बढी हुने गरेको छ ।

यसैबिच भारतीय सीमा सुरक्षा बल ९एसएसबी० को ५१औँ बटालियनले हनुमाननगर नाकामा ठूलो परिमाणमा तस्करीको सामान नियन्त्रणमा लिएको छ ।

एसएसबीको टोलीले नेपालबाट भारततर्फ लैजाँदै गरिएको अवस्थामा ३ हजार ५१५ केजी चिनियाँ स्याउसहित दुई वटा महिन्द्रा पिकअप गाडी नियन्त्रणमा लिएको जनाएको छ ।
नियन्त्रणमा लिइएको स्याउ र सवारीसाधनलाई आवश्यक कारबाहीका लागि भारतस्थित सोनवर्सा भन्सार कार्यालयमा बुझाएको छ ।

सम्बन्धित समाचार

सबै