यस्तो छ साप्ताहिक राशिफलः सिंहको सामान हराउने, वृश्चिकलाई राज्यबाट सम्मान

मेषः यो साता आफन्तबीचको सम्बन्धमा मनमुटाव सिर्जना हुनेछ। मनमा निराशा र शरीरमा आलस्य आउला। लत्ता कपडामा बढी धन खर्च हुनेछ। साताको अन्त्यबाट नयाँ कामको थालनी हुनेछ। न्यायिक कार्यमा सफलता मिल्नेछ। धार्मिक तथा समाज सेवामा मन लाग्नेछ। यो साताका लागि शुभ अङ्क २,६ र शुभ रङ्ग पहेँलो वा गुलाबी हो। कुनै शुभकर्म गर्नु महासरस्वतीको दर्शन गरि कार्य आरम्भ गर्दा सफलता प्राप्त हुनेछ।

वृषः यो साता सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ। रोकिएको काम दोहोर्याएर प्रयत्न गर्दा सफलता मिल्नेछ। प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि पनि श्रेष्ठ समय रहेको छ। साताको अन्त्यमा कार्य सम्पादनमा समस्या आउला। व्यस्तता बढ्नुका साथै सामान हराउन सक्नेछ। यो साताका लागि शुभ अङ्क ३,७ र शुभ रङ्ग सेतो वा पर्पल हो। कुनै शुभकर्म गर्नु पूर्व लक्ष्मीजीको स्मरण गर्नाले राम्रो हुनेछ।

मिथुनः यो साता लामो समयदेखि प्रतीक्षा गरिएको काम पूरा हुनेछ। प्रेम र मित्रताको बन्धन कसिने बेला छ। सामाजिक र राजनैतिक कार्य अघि बढ्नेछ। शैक्षिक क्षेत्रबाट पनि सफलता मिल्नेछ। साताको मध्यमा नियम र अनुशासनलाई बेवास्ता गर्दा अवसर र लाभ गुम्न सक्छ। यो साताका लागि शुभ अङ्क ३,८ र शुभ रङ्ग बैजनी वा रातो हो। कुनै शुभकर्म गर्नु पूर्व महादेवको स्मरण गरि कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ।

कर्कटः यो साता लामो समयदेखि प्रतीक्षा गरिएको काम पूरा हुनेछ। प्रेम र मित्रताको बन्धन कसिने बेला छ। सामाजिक र राजनीतिक कार्य अघि बढ्नेछ। शैक्षिक क्षेत्रबाट पनि सफलता मिल्नेछ। साताको मध्यमा नियम र अनुशासनलाई बेवास्ता गर्दा अवसर र लाभ गुम्न सक्छ। यो साताका लागि शुभ अङ्क ३,८ र शुभ रङ्ग बैजनी वा रातो हो। कुनै शुभकर्म गर्नु पूर्व महादेवको स्मरण गरि कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ।

सिंहः यो साता सामान हराउने सम्भावना छ, सचेत रहनुहोला। विपरीत वर्ग प्रति आकर्षण बढ्नेछ। मन भावुक र उत्ताउलो बन्नसक्छ। मध्य साताबाट सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ। इच्छा र आकाङ्क्षा पूर्ण हुनेछ। यो साताका लागि शुभ अङ्क २,६ र शुभ रङ्ग नीलो वा सेतो हो। कुनै शुभकर्म गर्नु पूर्व शिवजीको स्मरण गरि कार्य आरम्भ गर्दा अधिक लाभ हुनेछ।

कन्याः यो हप्ता नयाँ काममा हात हाल्ने समय छ। महिला दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ। वर्गबाट विशेष सहयोग मिल्नेछ व्यवसायका लागि यात्राको सम्भावना पनि छ। साताको उत्तरार्धबाट घर व्यवहारको समस्याले सताउनेछ। व्यापार व्यवसायमा बाधा आउन सक्छ। यो साताका लागि शुभ अङ्क ६,७ र शुभ रङ्ग हरियो वा खैरो हो। शुभकर्म गर्नु पूर्व भैरवजीको दर्शन गरि कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ।

तुलाः यो साता लाभदायक यात्राहरू हुनेछ। दैनिक कार्यमा प्रगति हुनेछ। वित्तिय संस्था र शेयर बजारबाट राम्रै सफलता मिल्न सक्छ। मङ्गल कार्यको योग छ र सन्तान सुख पनि मिल्नेछ। मनमा निराशा र शरीरमा आलस्य आउला। साताको अन्त्यमा बाटो काट्दा वा यात्रा गर्दा सचेत हुनुपर्छ। यो साताका लागि शुभ अङ्क ५,९ र शुभ रङ्ग ध्वाँसे वा रातो हो। कुनै शुभकर्म गर्नु पूर्व हनुमानजीको स्मरण गरि कार्य गर्नाले अधिक सफलता मिल्नेछ।

वृश्चिकः यो हप्ता आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन्। गोपनीय ढङ्गले गरिएको क्रियाकलापमा सफलता पाउनुहुनेछ। टाढाका नातागोता वा परिवारजनसँग भेटघाट हुनेछ। राज्यबाट मान सम्मान पाइनेछ। सामाजिक क्षेत्रमा सफलता मिल्नेछ। चिताएको कामले तीव्रता लिन सक्छ। नयाँ सवारी साधन प्राप्तिको योग पनि छ। यो साताका लागि शुभ अङ्क २,९ र शुभ रङ्ग घ्यू रङ्ग वा गुलाबी हो। कुनै शुभकर्म गर्नु पूर्व भैरवजीको दर्शन गरि कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ।

धनुः यो साता निर्णय कार्यान्वयन हुन नसक्ला। सामाजिक काममा व्यस्त हुने समय रहेको छ। मङ्गलवारबाट कुनै समाचारले मनमा शान्ति छाउनेछ। रोकिएको अधुरो कार्यले पूर्णता पाउनेछ। सामाजिक क्षेत्रबाट गतिलो साथ र समर्थन मिल्नेछ। यो साताका लागि शुभ अङ्क ४,८ र शुभ रङ्ग सेतो वा गुलाबी हो। कुनै शुभकर्म गर्नु पूर्व विघ्नहर्ता गणेशजीको पूजा अर्चना गरि गरेको कार्यबाट सफलता मिल्नेछ।

मकरः यो साता लगनशीलताले कामहरू अगाडि बढ्नेछन्। आर्थिक कारोबारमा मन्दी आउनेछ। दाजुभाइ तथा दिदीबहिनीले तपाईँका विचारलाई समर्थन गर्नेछन्। कीर्तिमानी काम गर्ने समय छ। राजनैतिक र सामाजिक कार्यमा सफलता मिल्नेछ। कला, साहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ। सन्तान सुख पनि मिल्न सक्छ। यो साताका लागि शुभ अङ्क २,६ र शुभ रङ्ग नीलो वा सेतो हो। कुनै शुभकर्म गर्नु पूर्व शिवजीको स्मरण गरि कार्य आरम्भ गर्दा अधिक लाभ हुनेछ।

कुम्भः यो साता पुरानो समस्या सुल्झाउन सकिने र रोकिएका अधुरा कामहरू पुरा हुनेछन्। वैदेशिक कार्य अघि बढ्नेछ। साताको अन्त्यमा शैक्षिक क्षेत्र कमजोर रहन सक्छ। प्रेममा बाधाका साथै बन्न लागेको काम बिग्रनेछ। समस्या आउँन सक्छ बढी सचेत रहनु होला। यो साताका लागि शुभ अङ्क १,९ र शुभ रङ्ग सुन्तला हो। कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि देवीजीको दर्शन गरि कार्य आरम्भ गर्नाले अधिक सफलता मिल्नेछ।

मीनः यो साता आदर्श व्यक्ति सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ। घरमा अतिथिको आगमन पनि हुनेछ। अध्ययनमा रुचि जाग्नुका साथै यात्राका योग पनि देखिन्छन्। शुभकार्यको चर्चा पनि चल्नेछ। साताको मध्य भागमा आफूलाई कमजोर भएको अनुभूति हुनेछ। यो साताका लागि शुभ अङ्क १,५ र शुभ रङ्ग नोलो या पर्पल हो। कुनै शुभकर्म गर्नु पूर्व दुर्गा भवानीको स्मरण गरि यात्रा गर्नाले राम्रो हुनेछ।

(ज्योतिष पण्डित नारायणप्रसाद दुलाल)

राशिफलले जे जस्तो भनेपछि तपाईंको यो साता सुभ रहोस्)

सम्बन्धित समाचार

सबै