सर्लाहीमा एउटै रुखमा दुई किशोरीको देहत्याग

गोडैता । सर्लाहीको रामवनमा दुई किशोरी एउटै रुखमा झुन्डिएर मृत्यु भएको अवस्थामा फेला परेका छन् । गोडैता नगरपालिका–५, रामवनस्थित चौरमा उनीहरू झुन्डिएको अवस्थामा फेला परेका हुन् ।

प्रहरीका अनुसार रामनगर–६, सिसौटका विनोद दासकी अन्दाजी १५ वर्षीया छोरी सङ्गीता कुमारी र उनका दाजु इन्द्रजित दासकी अन्दाजी १७ वर्षीया छोरी नगिना कुमारी दास मृत अवस्थामा फेला परेका हुन् । दुवै जना आँपको रुखमा झुन्डिएको अवस्थामा प्रहरीले फेला पारेको थियो ।

घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालयको टोली घटनास्थलमा पुगेर मुचुल्का उठाउने कार्य गरेको थियो । घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

उनीहरू एउटै रूपमा यस्तो अवस्थामा भेटिनुले गहिरो शंका गर्ने अवस्था निम्त्याएको छ । उनीहरूको आत्महत्या हो वा हत्या यसबारे प्रहरीले गहिरोगरी अनुसन्धान गरिरहेको बताएको छ ।

सम्बन्धित समाचार

सबै