आजको मौसम : पहाडी भूभागमा आंशिक बदली, मधेशमा राति पानी पर्ने

काठमाडौँ : नेपालमा स्थानीय वायु, पश्चिमी वायूको आंशिक प्रभावसँगै भारतको उत्तरप्रदेशदेखि पश्चिम बङ्गालसम्म फैलिएको न्यूनचापीय क्षेत्रको आंशिक प्रभाव परेको छ।

हाल कोशी प्रदेशलगायत देशको पहाडी भू-भागमा आंशिक बदली रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बाँकी भू–भागमा भने मौसम मुख्यतया सफा रहेको छ। कोशी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्या्ङ्ग हावाहुरीसहित हल्का वर्षा भइरहेको छ।

महाशाखाले जारी गरेको बुलेटिन अनुसार कोशी र बागमती प्रदेशका थोरै स्थानमा तथा बाँकी पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ।

आज राति कोशी, मधेश, वाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।

सम्बन्धित समाचार

सबै