ईश्वरपुर । सर्लाही क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सांसद रविन महतोले क्षेत्रभित्र निर्माण कार्य सुरु भई अलपत्र पारिएका सडक, पुल र सार्वजनिक भवनहरूको बारेमा जानकारी उपलब्ध गराउन सम्बन्धित निकायलाई आग्रह गरेका छन्।
सांसद महतोले आफ्नो फेसबुक पेज मार्फत गरिएको पोस्टमा आफ्नो क्षेत्रका बासिन्दाहरूले विभिन्न निर्माण कार्य अलपत्र रहँदा दैनिक जनजीवनमा समस्या भोग्नुपरेको अनुभव गरिरहेका उल्लेख गरेका छन्।
उनले सम्बन्धित स्थानीय तह र सरोकारवाला निकायहरूलाई सबै जानकारी उपलब्ध गराएर निर्माण कार्य शीघ्र पूरा गर्न कदम चाल्न अनुरोध गरेका छ्न्।