बसबरिया : पर्साको वीरगन्ज महानगरपालिका-१६ बाट लागुऔषधसहित एक युवक पक्राउ परेका छन्।
पक्राउ पर्नेमा सर्लाहीको लालबन्दी नगरपालिका-१ नवलपुरका २८ वर्षीय सुरज विक रहेका छन्।
उनको साथबाट डाईजेपाम ५२ एम्पुल, फेनारगन ५२ एम्पुल, नुर्फिन ५२ एम्पुल र नाईट्राभेट ९ सय ट्याब्लेट बरामद गरिएको पर्सा प्रहरीले जानकारी दिएको छ।
पक्राउ परेका विकमाथी अदालतबाट म्याद थप गरि अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।