फेटा गाउँपालिकाको सूचनामा भ्रष्टाचार तीन जनालाई कैद र जरिवाना

विशेष अदालतले बाराको फेटा गाउँपालिकाको कृषि विद्युतीकरण कार्यक्रमको बोलपत्र आह्वानसम्बन्धी झुट्टा विवरण पेस गरी भ्रष्टाचार गरेको ठहर गर्दै तीन जनालाई कैद र जरिवानाको फैसला सुनाएको छ।

न्यायाधीशहरू नारायण प्रसाद पौडेल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासले उक्त फैसला गरेको हो । अदालतले गौरी शंकर कुमार सिंह, नेपाल मिडिया हाउस प्रालि र सो संस्थाका प्रबन्ध निर्देशक नवराज निरौलालाई दोषी ठहर गरेको छ । मुकेश प्रसाद साहलाई भने अदालतले सफाइ दिएको छ।
त्यस्तै मतियारको भूमिकामा रहेका नेपाल मिडिया हाउस प्रालि र त्यसका प्रबन्ध निर्देशक नवराज निरौलालाई पनि जनही ३ महिना कैद र ४७ हजार ३८६ रुपैयाँ ६७ पैसा जरिवाना तोकिएको छ । साथै उनीहरू तीनै जनालाई अपराध पीडित संरक्षण ऐन, २०७५ बमोजिम जनही १ हजार ८९५ रुपैयाँ ४७ पैसा क्षतिपूर्ति शुल्क पीडित राहत कोषमा जम्मा गर्नसमेत आदेश दिएको छ ।

बाराको फेटा गाउँपालिका अन्तर्गत कृषि विद्युतीकरण कार्यक्रमका लागि पोल गाड्ने र तार तान्ने ठेक्काको बोलपत्र आह्वान सम्बन्धी सूचना ुसौर्य दैनिकु पत्रिकामा २०७९ कात्तिक २० गते प्रकाशित भएको भनी झुट्टा बिल र भरपाई तयार पारिएको थियो ।

सम्बन्धित समाचार

सबै