विद्युतिय कारोबार कसुरका फरार प्रतिवादी बयलबासबाट पक्राउ

ईश्वरपुर । जिल्ला प्रहरी कार्यालय महोत्तरीले विद्युतिय कारोबार सम्बन्धि कसुर मुद्दाका एक फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।

सर्लाहीको ईश्वरपुर नगरपालिका वडा नं. ११ करमुहान टोल बस्ने ३५ वर्षीय दिनेश शर्मालाई प्रहरीले मंगलबार पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट खटिएको विशेष टोलीले उनलाई सर्लाहीको ईश्वरपुर नगरपालिका वडा नं.६ स्थित बयलबासबाट फेला पारी पक्राउ गरेको हो ।

पक्राउ परेका शर्मालाई बुधबार महोत्तरी जिल्ला अदालतमा पेश गरिएको थियो । अदालतबाट अनुसन्धानका लागि ६ दिनको म्याद अनुमति लिई हाल उनीमाथि थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक (डीएसपी) शैलेन्द्र कुमार भट्टले जानकारी दिए।

सम्बन्धित समाचार

सबै