देशभरको तापक्रम घट्यो, हिजो सिमरा र जनकपुरमा कति मापन ?

काठमाडौँ : ठाउँठाउँमा वर्षा भएपछि हिजोबाट देशभरको तापक्रममा केही कमी आएको छ।

नेपालगञ्जमा यस वर्षकै सर्वाधिक गर्मी भएको थियो। जहाँ ४४.२ डिग्री सेल्सियस तापक्रम मापन गरिएको थियो। तर पानी पर्न थालेपछि तापक्रममा केही गिरावट आएको जल तथा मौसम विज्ञन विभागले जनाएको छ।

विभागले हिजो शनिबार साँझ ६ बजे अद्यावधिक गरेको तापक्रमको विवरणअनुसार रेकर्ड ब्रेक गरेको नेपालगञ्जको तापक्रम ४१.४ डिग्रीमा झरेको थियो। यस्तै धनगढीमा ४०.७ डिग्री रहेको थियो।

त्यस्तै पोखरामा ३४ र काठमाडौँमा ३४.४ डिग्री तापक्रम मापन भएकोमा हिजो झरेर पोखरामा अधिकतम तापक्रम ३१.५ र काठमाडौँमा ३२ डिग्री रहेको थियो। विराटनगरमा ३४ डिग्रीमा झरेको थियो।

मौसम पूर्वानुमान महाशाखाले सार्वजनिक गरेको देशभरको तापक्रम मापनको विवरणअनुसार हिजो दिपायलमा ३९.४, वीरेन्द्रनगरमा ३८.१ थियो। त्यस्तै सिमराको तापक्रम ३६.४ डिग्रीमा झरेको थियो।

यस्तै जनकपुरमा ३५.८ र दोलखाको जिरीमा २४.४ डिग्री तापक्रम मापन भएको महाशाखाले जानकारी दिएको छ।

आज कोशी, वागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक–दुई स्थानमा मेघगर्जनरचट्याङ, हावाहुरीसहित हलुका वर्षा भइरहेको छ।

सम्बन्धित समाचार

सबै